Friday, September 29, 2023
Homeप्रदेशप्रदेश २सडक डिभिजन कार्यालयका लेखा अधिकृत एक लाख घुससहित पक्राउ

सडक डिभिजन कार्यालयका लेखा अधिकृत एक लाख घुससहित पक्राउ

सिरहाः सडक डिभिजन कार्यालय लहान सिरहाका लेखा अधिकृत पदम विनोद पोखरेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले उनलाई सेवाग्राहीबाट लिइरहेको एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियारको सहप्रवक्ता देवीप्रसाद थपलियाले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको प्रयोजनका लागि सेवाग्राहीबाट माग गरिरहेको पूर्वसूचनाको आधारमा अधिकृत पोखरेललाई रंगेहात पक्राउ गरेको जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालले जनाएको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular