Friday, September 22, 2023
Homeराजनीतिमन्त्री किराँती भन्छन्ः वर्तमान गठबन्धन सरकार पाँच वर्षसम्म चल्छ

मन्त्री किराँती भन्छन्ः वर्तमान गठबन्धन सरकार पाँच वर्षसम्म चल्छ

जनकपुरधामः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अहिलेको गठबन्धन परिवर्तन हुने विषयमा कुनै सत्यता नभएको बताउँदै वर्तमान गठबन्धन सरकार पाँच वर्षसम्म चल्ने बताएका छन्।

मन्त्री किराँतीले जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले दिनु भएको अभिव्यक्ति गठबन्धन दलका बीचमा आलोपालो गरी चलाउने सहमतिअनुसार आएको बताउँदै वर्तमान प्रधानमन्त्रीले देश र जनताको पक्षमा काम गरिरहेको समेत बताए।

वर्तमान प्रधानमन्त्रीले छोटो अवधिमा सुशासनको पक्षमा काम गरेकाले जनतामा निकै आशा पलाएको बताउँदै राज्यप्रतिको विश्वास पनि बढेको मन्त्री किराँतीले दाबी गरे।

अर्को प्रश्नको जवाफमा मन्त्री किरातीले नेपाली आकाशलाई सुरक्षित बनाउने प्रयासमा सरकारले निरन्तर काम गरिरहेको समेत बताए।

मन्त्री किराँतीले हेलिकप्टर दुर्घटनाको उल्लेख गर्दै आकाशमा उड्ने साधनलाई जति नै सुरक्षित बनाए पनि दुर्घटना हुने गरेको बताउँदै यसका बाबजुद पनि कुनै दुर्घटना नहोस् भन्नेतर्फ नेपाल सरकार सचेत र गम्भीर रहेको जानकारी गराए।

RELATED ARTICLES

follow us

FansLike

Most Popular