Friday, September 29, 2023
Homeराजनीतिभ्रष्टाचारी, संगठित अपराधी, कीर्ते, ठगबाहेक कोही तर्सनु पर्दैनः गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारी, संगठित अपराधी, कीर्ते, ठगबाहेक कोही तर्सनु पर्दैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौँः उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी, संगठित अपराधी, कीर्ते, ठगबाहेक कोही तर्सनु नपर्ने बताएका छन्। ललिता निवास प्रकरणको अनुसन्धान तीव्र बनिरहेका बेला उनले त्यस्तो बताएका हुन्।

उनले धनी–गरिब, सम्पन्न–विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने भन्दै त्यस्तो अपेक्षा नगर्न पनि आग्रह गरेका छन्।

‘देश र जनताको हित विरूद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि कीर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्न बाहेक निर्दोष कोही तर्सनु पर्दैन। दोषी र अपराधीलाई भने छुट हुनेछैन,’ उनले ट्विट गर्दै भनेका छन्, ‘अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन। त्यस्तो अपेक्षा नगरौं।’

अनि धनी र गरिब,सम्पन्न र बिपन्नलाई छुट्टा छुट्टै कानुन हुन सक्दैन । त्यस्तो अपेक्षा नगरौं ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular