Friday, September 29, 2023
Homeखेलडीआरएस गेमिङ टिम ४० करोड राशिको पब्जी प्रतियोगिता खेल्न साउदी अरेबिया प्रस्थान

डीआरएस गेमिङ टिम ४० करोड राशिको पब्जी प्रतियोगिता खेल्न साउदी अरेबिया प्रस्थान

काठमाडौंः नेपाली पब्जी मोबाइल टिम डीआरएस गेमिङ ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल २०२३’ (पीएमडब्लूआई) मा प्रतिस्पर्धा गर्न साउदी अरेबियाको रियाद प्रस्थान गरेको छ । साउदी अरेबियाको रियादमा हुन लागेको ४० करोड रुपैयाँभन्दा बढीको पुरस्कार राशिको प्रतियोगिता खेल्न डीआरएस प्रस्थान गरेको हो ।

अलस्टार्स स्टेज दक्षिण एसिया स्तरको भोटिङमा सबैभन्दा धेरै भोट पाएर डीआरएस पीएमडब्लूआईका लागि छानिएको हो । यो प्रतियोगिताको कूल पुरस्कार राशि ४० करोड नेपाली रुपैयाँभन्दा बढी छ ।

पीएमडब्लूआई अलस्टार्स स्टेज र मेन टुर्नामेन्ट गरी दुई चरणमा हुँदैछ । यो प्रतियोगितामा ‘डीआरएस गेमिङ’ले जुलाई ११ देखि १३ सम्म चल्ने अलस्टार्स स्टेजको १८ खेल खेल्दैछ, जुन प्रतियोगिताको पहिलो चरण हो ।

यसमा ‘डीआरएस गेमिङ’ सहित १८ टिम सहभागी छन् । यो खेलको लागि १३ करोड रुपैयाँभन्दा बढी पुरस्कार राशि तोकिएको छ । ​अलस्टार्स स्टेजको खेल सकिँदा अङ्क तालिकाको शीर्ष पाँच टिमले मेन टुर्नामेन्टमा स्थानमा बनाउने छन्, जुन प्रतियोगिताको दोस्रो तथा प्रमुख चरण हो । यो चरणको खेल १४ जुलाई देखि १६ जुलाईसम्म चल्नेछ ।

मेन टुर्नामेन्टमा पब्जीको नौ क्षेत्रका १० टिम, एक आमन्त्रित टिम र अलस्टार्स स्टेजबाट आएका पाँच टिम गरी कूल १६ टिमले भिड्नेछन् । दक्षिण एसिया क्षेत्रको विजेताको रुपमा ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनशिप २०२३’ बाट मङ्गोलियन टिम ‘स्टलवार्ट ईस्पोर्ट्स’ले यो प्रतियोगिताको मेन टुर्नामेन्टमा पहिले नै स्थान बनाइसकेको छ ।

‘डीआरएस गेमिङ’ले भने मेन टुर्नामेन्टमा स्थान बनाउनको लागि अलस्टार्स स्टेज पार गर्नुपर्ने हुन्छ । मेन टुर्नामेन्टका लागि २६ करोड रुपैयाँभन्दा बढी छुट्याइएको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular