Friday, September 22, 2023
Homeविश्वनेपाल-माल्टा परोपकार संस्थाका नयाँ सदस्य र सल्लाहकारलाई प्रमाणपत्र वितरण

नेपाल-माल्टा परोपकार संस्थाका नयाँ सदस्य र सल्लाहकारलाई प्रमाणपत्र वितरण

काठमाडौँः नेपाल माल्टा परोपकार संस्थाका संयोजक प्रकाश भण्डारिको अध्यक्षतामा च्यारिटीमा आवद्ध हुन आएका माल्टामा अवस्थित विभिन्न सामाजिक संघ संस्थाका अध्यक्ष एंव प्रतिनिधिहरुलाई कार्यसमिति र सल्लाहकारमा मनोनीत गरि प्रमाणपत्र वितरण गरिएको छ ।

संयोजक भण्डारीले संस्थाका लिगल एडभाइजर ज्याकोब मार्गीको प्रमुख आतिथ्यता एंव संस्थाका सल्लाहकारज्युहरु साथै समितिका पदाधिकारीहरुको उपस्थितिमा नयाँ जोडिने सद्स्यहरुलाई थप उर्जा र हौसला प्रदान गरिएको बताए ।

बैठ्कले छिट्टै बार्षिक पात्रो निर्माण गरि सार्वजानिक गर्ने र हरितालिका तिजको अवसर पारेर संस्थाकी उप संयोजक शर्मिला बस्नेतको संयोजकत्वमा तीज कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ ।

उपससंयोजक रेमस खनालले अगामी कार्ययोजना बारेमा प्रतिबद्ध भएर लाग्ने बताएका छन । कार्यक्रम संचालन संस्थाका सदस्य सचिब हरि बिसि जिले गरेका थिए ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular