पनौती, काभ्रेः जिल्लाको पनौती नगरपालिका–१० डाङघाट बस्ने रमेश दाहालको छोरी १० वर्षीया कञ्चन दाहालको खोलाले बगाएर मृत्यु भएको छ ।
शानिबार दिउँसो खोलाले बगाएका उनलाई प्रहरीले उद्धार गरी बनेपास्थित् शीर मेमोरियल अस्पताल पु¥याएकोमा अस्पतालले उनलाई मृत घोषणा गरिएको हो ।
दिदी र भाई खेल्न जाने क्रममा घर नजिकै रहेको रोशी खोलामा कञ्चन (दिदी)को चप्पल खसी टिप्न जादा उनलाई खोलाले बगाएका थिए ।
करिब ७ सय मिटर बगाएका उनलाई दुधेघाट स्थित् स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुन साथ प्रहरी चौकी खोपासीबाट प्र.स.नि. निल कुमार स्याङतानको कमाण्डमा र प्रहरी चौकी पनौतिबाट प्र.ना.नि. रुपेश श्रेष्ठको कमाण्डमा खटिएको टोलीले उद्धार गरी बोल्ने नसक्ने गम्भीर अवस्थामा अस्पताल पु¥याएका थिए ।