Saturday, September 30, 2023
Homeकाभ्रे फोकसकाभ्रेमा करेन्ट लागेर एकको मृत्यु

काभ्रेमा करेन्ट लागेर एकको मृत्यु

बेथानचोक, काभ्रेः जिल्लाको बेथानचोक गाउँपालिका–४ स्थित राईडाँडामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । शनिबार मकैबारीमा बदेललाई राखिएको हुक (बदेल मार्न राखिएको विद्युतीय पासो)को करेन्ट लागि ६५ वर्षीय मैना कोइरालाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार कोइरालालाई आफ्नै घरदेखि अन्दाजी १५० मिटर पुर्वमा रहेको मकैबारीमा बदेलले मकै खाएर दुःख दिने गरेका भन्दै २२० भोल्टको लाईनमा हुक लगाई बारीको बारमा नाङ्गो तार टाँगेर राखेको अवस्थामा सोही तार छुन पुग्दा करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएका हुन् ।

घटनाबारे जानकारी प्राप्त हुन साथ प्रहरी चौकी खोपासीबाट प्र.स.नि. निल कुमार स्याङ्तानको कमाण्डमा खटिएको टोलीले घटनास्थल सुरक्षित राखिएकोमा इलाका प्रहरी कार्यालय बनेपाबाट पुगेको टोलीले मुचुल्का उठाएका छन् ।

घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाइएको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular