Friday, September 29, 2023
Homeकाभ्रे फोकसनमोबुद्धमा दुना, टपरीलाई व्यवसायिक बनाउन आधुनिक प्रविधि

नमोबुद्धमा दुना, टपरीलाई व्यवसायिक बनाउन आधुनिक प्रविधि

भकुण्डे, काभ्रेः घरायसी प्रयोजनको लागि बनाउदै आएको दुना, टपरी बनाउने कामलाई ‘व्यवसायिक’ बनाउन नमोबुद्ध नगरपाालिकाले तालिम सञ्चालन गरेको छ ।

महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले सालको पातबाट दुना, टपरी, बोता लगायत सामाग्री बनाउनको लागि नगरपालिकाले प्रविधि (मेसिन) भित्राएर वडा नं. ३, ४ र ५ का १५ जना महिलालाई ४ दिनसम्म तालिम दिएको जानकारी दिइन् ।

तालिमको समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा, नगर प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, वडा नं २ का अध्यक्ष कविराज श्रेष्ठ, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, प्रमुख प्रशिक्षक कमला सुवेदी लगायतले स्थानीय स्तरमा पाइने सामाग्री र प्रविधीको प्रयोग गरेर व्यवसायिक उत्पादन गरी आयआर्जन गर्न र उत्पादनलाई निरन्तरता दिन अनुरोध गरे ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular