बालेनको नेताहरमाथि तिखो टिप्पणीः भारतीय गुलामहरूले देश चलाउँदै छन्

0
131

काठमाडौं : काठमाडौं महानगरका मेयर बालेन शाहले ‘भारतीय गुलामहरूले देश चलाइरहँदा आफूले मात्र विरोध गरिरहेको’ टिप्पणी गरेका छन् ।

बिहीबार राति सामाजिक सञ्जालबाट बालेनले ‘भारतीय गुलामहरूले देश चलाइरहँदा आफूले मात्र विरोध गरिरहेको’ बताएका छन् ।

उनले आफूलाई प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि नै शंका लागेको पनि बताएका छन् ।

‘दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरूले देश चलाउँदै छ र म मात्र विरोधमा ? म मात्र अदालतको अवहेलनामा रु सबैजना मरेका लाशहरू हुन् ?’ बालेनले भनेका छन् ।

बालेनले राजनीतिक दलका नेताहरूमाथि निरन्तर तिखो टिकाटिप्पणी गर्दै आएका छन् । उच्च अदालतको आदेश नमान्ने बताएपछि उनीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here