काभ्रेः काभ्रे जिल्लामा एक युवतीले झुण्डिएर आत्माहत्या गरिकी छन् । जिल्लाको नमोबुद्ध नगरपालिका–७ रजवम पोखरीस्थित् अर्जुन रिजालको छोरी २२ वर्षीया कोपिला रिजालले आफ्नै घरमा झुण्डिएर आत्माहत्या गरेकी हुन् ।
विहीबार राती आफ्नै ढुङगामाटोले बनेको २ तले घरको दोस्रो तलाको निदालमा सलको पासो लगाई झुण्डिएर आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाइएको छ ।
प्रहरीका अनुसार मृतकका आमाले छोरी झुण्डिरहेको देखेपछि सलको पासो काट्दा उनको मृत्यु भईसकेको थियो ।
घट्नास्थलमा पुगेको प्रहरी टोलीले शवको मुचुल्का उठाएको छ भने घट्ना बारे अनुसन्धान भइरहेको भनाई छ ।