Friday, September 22, 2023
Homeप्रदेशप्रदेश ३खानीखोलाका वल दुई दिनदेखि सम्पर्कविहिन, खोलाले बगाएको आशंका

खानीखोलाका वल दुई दिनदेखि सम्पर्कविहिन, खोलाले बगाएको आशंका

खानीखोला, काभ्रेः जिल्ला खानिखोला गाउँपालिका–४ जगथलीपाखामा स्थायी रुपमा बसोबास गर्दै आएको ज्ञान बहादुर बलको छोरा २९ वर्षीय कमान बल दुई दिनदेखि सम्पर्क विहीन छन् । खानिखोला गाउपालिका ४ का वडाध्यक्ष निशान मोक्तानले बल असार २० गते बिहान ठिक ११ बजेको समयदेखि परिवारको सम्र्पक बहिर रहेका हुन् ।

वडाध्यक्ष मोक्तानका अनुसार बेपत्ता बल घरबाट कामको शिलसिलामा काठमाडौं जाने भनि निस्केका थिए । वडाध्यक्ष मोक्तानले बललाई केही आफन्तहरु र साथी भाइ तथा घर परिवारको सम्पर्कमा नहेको र उसले बोकेको झोला सिन्धुली जिल्ला र काभ्रे जिल्लाको सिमाना भएर बग्ने कोखोजोर खोलाको किनारमा जाल खेल्ने मानिसले भेटेको जानकारी दिए ।

उक्त झोलामा नागरिकता, मतदाता परिचय पत्र, मोबाइल, पर्स र पर्समा १ हजार ७ सय पैसा समेत फेला परेको जनाएको छ । खोजतलासको लागि समन्धित सबै निकयहरुमा जानकारी गराइसकेको उनको भनाइ छ ।

वडाध्यक्ष मोक्तानले सम्पुर्ण जनप्रतिनिधि, राजनितिक दल, नागरिक समाज, प्रहरी प्रशासन लगायत सम्पुर्ण आफन्ताजनहरुलाई खोजिकार्य गर्न हार्दिक अपिल गर्दा गरेको छ । उनको हाल खोजीकार्यमा भइरहेको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular