Friday, September 22, 2023
Homeकाभ्रे फोकसकाभ्रेका ३५ हजार पशुमा लम्पी स्किन

काभ्रेका ३५ हजार पशुमा लम्पी स्किन

काभ्रेः जिल्लाका करिब ३५ हजार पशुमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार गत वैशाख पहिलो साता धुलिखेल नगरस्थित रविगाउँको पशुमा देखिएको सो रोग संक्रमण हालसम्म काभ्रेको १३ वटै स्थानीय तहमा फैलिसकेको छ।

पक्स समूहको काप्री पक्स भाइरसबाट गाई, भैँसीमा लाग्ने लम्पी स्किन रोग करिब दुई महिनाको अवधिमा जिल्लाका सबै स्थानीय तहको गाउँ तहमा पुग्दा ३५ हजार पशुमा संक्रमण देखिएको तथ्यांक छ।

रोगको संक्रणले स्थानीय पशुपालक कृषक निकै चिन्तित बनेका छन्। उनले उक्त रोगका कारण जिल्लामा हालसम्म कम्तीमा ४५ गाई तथा ३५ हजार संक्रमित पशुमध्ये करिब दुई हजार भैँसी संक्रमित रहेको तर भैँसी नमरेको पशु कार्यालयले जनाइएको छ ।

पछिल्ला केही दिनदेखि महाभारत र खानीखोला गाउँपालिकाका अधिकांश पशुमा संक्रमण देखिएको थियो भने हाल बनेपा नगरका पशुमा उक्त रोग देखिन थालेको छ।

जिल्लामा देखिएको रोगका कारण ४५ लाख हाराहारीमा पशुधन क्षति तथा रोगका कारण पशुले दिने दूधमा कमी हुँदा छ करोड रुपैयाँको दूध उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ग्रामीण क्षेत्रमा रोगको संक्रमण बढेको हो

जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएपछि केन्द्रले स्थानीयस्तरमा सचेतानामूलक जानकारी गराउँदै प्रारम्भिक चरणमा प्रत्येक स्थानीय तहलाई ३०० डोजका दरले खोप पठाइएको जनाएको छ। ‘जिल्लामा रोगको संक्रमण बढेसँगै केन्द्रले लम्पी स्किनविरुद्धको थप मात्रा खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ’, निमित्त प्रमुख कार्कीले भने।

उक्त रोग लागेपछि गाई, भैँसीले कचेरा निकाल्ने, सिँगान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेष गरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना, ठूला गिर्खा तथा फोका देखिन्छ। रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुन्छन्।

यो रोगको हालसम्म कुनै ठोस उपचार छैन। लम्पी स्किन संक्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो। सन् २०१२ पछि मध्यपूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बंगलादेश हुँदै २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो।

RELATED ARTICLES

follow us

FansLike

Most Popular