Friday, September 29, 2023
Homeखेलकुवेतलाई हराउँदै भारत साफ च्याम्पियन, नवौं पटक उपाधि उचाल्न सफल

कुवेतलाई हराउँदै भारत साफ च्याम्पियन, नवौं पटक उपाधि उचाल्न सफल

काठमाडौंः साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ।​ मंगलबार राति बेंगलुरुमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै भारतले उपाधि उचालेको हो।

निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो।​ शबैश अल खाल्दीले खेलको १४ औं मिनेटमा गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए।

लल्लियान्जुआला चान्टेले ३८ औं मिनेटमा गोल गर्दै भारतलाई बराबरीमा ल्याउन सफल भए।

पेनाल्टी सुटआउटमा कुवेतका कप्तान खालिद हाजियाको प्रहार गोलकिपर गुरप्रित सिंह सन्धुले रोकेपछि भारत प्रतियोगिताको च्याम्पियन बनेको हो। समूह चरणको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए।

भारतले नवौं पटक साफ च्याम्पियनसिप प्रतियोगिताको उपाधि उचाल्न सफल भएको छ। भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा साफ फुटबलको उपाधि जितेको थियो।

उपाधिसँगै भारतले ५० हजार अमेरिकी डलर रुपैयाँ प्राप्त गर्न सफल भएको छ। उपविजेता कुवेतले २५ हजार अमेरिकी डलर प्राप्त गरेको छ।

प्रतियोगितामा भारतीय कप्तान सुनिल क्षेत्रीले गोल्डेन बुट प्राप्त गरे। उनले जारी सिजनमा ६ गोल गरेका थिए। अघिल्लो संस्करणमा पनि उनले गोल्डेन बुट प्राप्त गरेका थिए।

RELATED ARTICLES

follow us

FansLike

Most Popular