Saturday, September 30, 2023
Homeखेलआईसीसी एकदिवसीय विश्वकपः नेपाल जित नजिक पुगेर आयरल्याण्डसँग पराजित

आईसीसी एकदिवसीय विश्वकपः नेपाल जित नजिक पुगेर आयरल्याण्डसँग पराजित

काठमाडौँ : आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको मंगलबार भएको प्लेअफ चरणको रोमाञ्चक खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ ।

आयरल्यान्डसँग पराजित भएपछि प्रतियोगितामा नेपालले आठौं वरीयता प्राप्त गरेको छ । आयरल्यान्डले भने सातौं वरीयता पाएको छ ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ६८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्डले ४९.२ ओभरमा आठ विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular