Friday, September 29, 2023
Homeकाभ्रे फोकससरकारको एउटै उद्देश्य समाजिक आर्थिक रुपान्तरणसहितको समृद्धि होः गृहमन्त्री श्रेष्ठ

सरकारको एउटै उद्देश्य समाजिक आर्थिक रुपान्तरणसहितको समृद्धि होः गृहमन्त्री श्रेष्ठ

काभ्रेः उपप्रधानमन्त्री तथा गहृमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको अवको एउटै उद्देश्य सामाजिक आर्थिक रुपान्तरण सहितको समृद्धि भएको बताएका छन् । शानिबार काभ्रेको तेमाल गाउँपालिका–८ स्थित् टेकानपुरमा निर्मित उग्येन पेज्युङ डुब्देलिङ गुम्बाको उद्घाटन समारोहमा बौल्दै उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी नयाँ ढाँचाको विकासमा सामाजिक न्यायसहितको समृद्धि र समाजवाद उन्मुख समृद्धि हुने बताए । यसमा एकनिष्ट भएर अघि बढ्न सरकार प्रतिबद्धता समेत रहेको उनको भनाई छ ।

‘सरकारको एउटै उद्देश्य सामाजिक आर्थि रुपान्तरणसहितको समृद्धि हो, यसको प्रतिफल जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी नयाँ ढाँचाले विकास कार्यमा अघि बढ्नेछ,’ उनले भने, ‘यसमा एकनिष्ट भएर अघि बढ्न सरकार प्रतिबद्धता समेत रहेको छ ।’

गृहमन्त्री श्रेष्ठले अहिलेसम्म विकास र समृद्धिको कार्यभार धेरथोर भएपनि जनताले अपेक्षा गरे अनुसार भने हुन नसकेको बारे सरकार स्पष्ट रहेको बताए । त्यस्तै पुर्व उर्जाराज्य मन्त्री तथा संघीय सांसद सुर्यमान दोङले सडक, खानेपानी, शिक्षा लगायतका क्षेत्रको विकास योजनाबद्ध रुपमा गर्दै जाने बताए ।

लामा गुरु श्याल्पा तेन्जिन रिन्पोछेले वाङ दिएको कार्यक्रममा बामती प्रदेशका पुर्व खेलकुद विकास मन्त्री तथा प्रदेश सभा सदस्य रत्न ढकाल लगयातको उपस्थिति रहेको थियो । गुम्बाका अध्यक्ष जगत तामाङले २ वर्ष ४ महिनामा गुम्बाको निर्माण भएको बताए । उनका अनुसार गुम्बा बनाउनको लागि देशभित्रका मात्रै नभई अमेरिका, साउदी अरब लगायतका मुलुकमा रहेका विभिन्न दाताहरुको सहयोग रहेको छ ।

गुम्बा पवित्रा थलो, माम्दी–मेच्छे सडकको गृहमन्त्री श्रेष्ठद्धारा जिम्म
गृहमन्त्री श्रेष्ठले गुम्बा हरेक मान्छे तथा समुदायलाई ध्यानसँगै शान्त र अनन्दित रहेन विधि सिकाउने पवित्रा थलो भएको बताए । उनले गुम्बा विकास निर्माणका अरु कामभन्दा कम महत्वको नभएको बताए ।

उनले कतिपयले गुम्बालाई रुढीवादी र धार्मिक कोणबाट हेर्ने गरेपनि यथार्थमा त्यस्तो नभई संस्कृतिलाई बचाउने महत्वपुर्ण अभियान भएको बताए । उनले भने, ‘कतिपयले गुम्बालाई रुढीवादी र धार्मिक कोणबाट मात्रै व्याख्या गर्न सक्लान् तर यो त्यस्तो नभई संस्कृतिलाई जोगाउने अभियाने हो ।’

गृहमन्त्री श्रेष्ठले माम्ती पुलदेखि मेच्छेपौवासम्म तेमाल गाउँपालिकाको केन्द्र जोड्ने सडकको जिम्म सरकारको तर्फबाट आफुले लिने बताए । उनले गुम्बाको ध्यान हल, घेरबारका लागि आश्यक बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular