Friday, September 22, 2023
Homeकाभ्रे फोकसट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन चयन

ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन चयन

काभ्रेः नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्वाचित भएका छन् । शानिबार बनेपास्थित् छैटौं जिल्ला भेलाबाट ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा अधिकारी निर्विरोध चयन भएका हुन् ।

ट्रेड युनियन महासंघ काभ्रेको उपाध्यक्षमा रामगोपाल भुजेल, जय केसी, गिता खुलाल, सचिवमा दिल बहादुर भुजेल, सह–सचिवमा नारायण फुयाल र कोषाध्यक्षमा सीता अधिकारी सहित ३५ सदस्यीय समिति चयन भएका छन् ।

कार्यक्रममा प्रतिनिधिसभा संसद सुर्यमान दोङ (लालध्वज), मिना तामाङसँगै प्रदेश सभामा निर्वाचित संसद रत्न ढकाल र रुकु चौलगाईं लगायतलाई सम्मान गरिएका थिए ।

ट्रेड युनियन महासंघ काभ्रेको छैटौँ भेला माओवादी केन्द्र स्थायी समिति सदस्य एवं मजदुर फ्याक्सन इन्चार्ज जय पुरी घर्तिको प्रमुख अतिथ्यता तथा जिल्ला इन्चार्ज होम बहादुर खुलालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

RELATED ARTICLES

follow us

FansLike

Most Popular