Friday, September 22, 2023
Homeकाभ्रे फोकसखानीखोला गाउँपालिका कफीमा प्रतिकेजी ३५ रुपैँया अनुदान दिनेगरी तोल लिँदै

खानीखोला गाउँपालिका कफीमा प्रतिकेजी ३५ रुपैँया अनुदान दिनेगरी तोल लिँदै

खानीखोला, काभ्रेः काभ्रेको विकट क्षेत्र खानीखोला गाउँपालिकाले कफीमा अनुदान दिनेगरी तौल लिने काम शुरु गरेको छ । खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले ‘जसको उत्पादन उसैलाई अनुदान’ कार्यक्रम अन्तर्गत कृषकको कफीको तौल लिने काम शुरु गरिएको जानकराी दिए ।

अध्यक्ष थिङका अनुसार गाउँपालिकाले कफीमा प्रतिकेजी ३५ रुपैँया अनुदान दिने छ । पहिलो चरणमा गाउँपालिकाको वडा नम्बर १ र २ को विभिन्न कृषक समुहको कफि तौल लिने काम भएको छ ।

वडा नम्बर २ का वडा अध्यक्ष दशरथ थिङको अनुसार वडा नं. १ र २ मा गरी करिब ७ हजार केजी कफी उत्पादन तौल भएको छ । कफीको तौल कृषि प्राविधिक कर्मचारीहरुको रहोबरमा भइरहेको हो ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular