Friday, September 22, 2023
Homeकाभ्रे फोकसखानाीखोलामा स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषा शिक्षा तालिम शुरु

खानाीखोलामा स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषा शिक्षा तालिम शुरु

खानीखोला, काभ्रे: काभ्रेको खानीखोला गाउँपालिकामा स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषा शिक्षा तालिम शुरु भएको छ । खानीखोला गाउँपालिकाको सहयोग, भाषा आयोग, काठमाडौँको सहकार्य तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति काभ्रेको आयोजना तालिम शुरु भएको हो ।

तामाङ घेदुङ काभ्रेका अध्यक्ष राजकुमार तामाङले ‘मातृभाषा तथा स्थानीय विषयमा शिक्षा, गुणस्तरीय तथा वैज्ञानिक शिक्षाको सुनिश्चितता’ भन्ने मुल नारा सहित चैत ४ देखि ८ गतेसम्म सञ्चालन हुने गरी तालिम शुरु गरिएको जानकरी दिए । उनका अनुसार तालिममा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँगै जनप्रतिनिधि लगायतको सहभागी रहेका छन् ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले मातृभाषा तथा शिक्षा चेतनाको मेरुदण्ड भएको बताए । खानीखोलामा शिक्षामा आम नागरिकले अनुभुति र देखिने गरी परिवर्तन ल्याउनको गाउँपालिका लागि रहेको र आगमी दिनमा निरन्तर पहल भइरहने उहाँको भनाई छ ।

गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले भाषा भनेको आमा भएको बताए । उनले शिक्षालाई राजनीतिकरण गर्न नहुने समेत बताए । तालिमको उद्घाटन सत्रमा नेपाल तामाङ घेदुङ केन्द्रिय समितिको महासचिव काजीमान तामाङ, शिक्षाविद् डा. विद्यानाथ कोइराला, भाषाविद् डा. लोकबहादुर लोप्चन, खानीखोला गाउँपालिकाको शिक्षा शाखा प्रमुख विष्णुबहादुर अधिकारी, होमबहादुर वाईबासहित तामाङ घेदुङका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज फुर्साङ तामाङ, घेदुङको बागमती प्रदेश सचिव हरिचन्द्र लामा, वडाध्यक्षहरु दशरथ थिङ, सागर जिम्बा, निशान मोक्तान, प्रेस सेन्टर नेपाल बागमती प्रदेश सदस्य धनबहादुर स्याङ्तान (डिबी) लगयात राजनीतिक दलका प्रतिनिधि उपस्थिति रहेका थिए ।

प्रशिक्षकको रुपमा प्रतिक ङेसुर र लिलाबहादुर स्याङ्तान रहेको छ । तामाङ घेदुङ काभ्रेको अध्यक्ष राजकुमार तामाङको सभाध्यक्षमा भएको उद्घाटन कार्यक्रमको सञ्चालन सचिव विरेन्द्र ब्लोन (निमा)ले गरेका थिए ।

 

RELATED ARTICLES

follow us

FansLike

Most Popular