Thursday, September 21, 2023
Homeकाभ्रे फोकसचुनावको संघारमै एमालेलाई धक्काः पार्टी जिल्ला सदस्य र युवा संघ केन्द्रिय सदस्यहित...

चुनावको संघारमै एमालेलाई धक्काः पार्टी जिल्ला सदस्य र युवा संघ केन्द्रिय सदस्यहित ४० जनाले पार्टी छाडे

एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी

पनौती, काभ्रे : नेकपा एमाले प्रवेश गरेका नेता विरेल ब्लोन (निमा), यसा लामा, विजय ब्लोन नेकपा माओवादी केन्द्रमा फर्किएको छ भने एमालेका तीन दर्जनभन्दा बढी कार्यकर्ताले एमाले परित्याग गरेका छन् ।

विरेन एमाले निकट भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य तथा खानीखोला गाउँपालिका कमिटीको उपसचिव समेत भईसकेका छन् । त्यस्तै यसा एमाले काभ्रे जिल्ला कमिटी सदस्यसँगै धुलिखेल नगरपालिकाको सह–इन्चार्ज हुन् ।

युवा संघ नेपालका प्रदेश कमिटी सदस्य बिजय लामा, जिल्ला कमिटी सदस्य बुद्ध लामा, जगत भोलन, एमाले निकट खेलकुद महासंघ जिल्ला सदस्य दिपक गोले एमाले परित्याग गरि माओवादीमा आएका छन् । पार्टीमा बढ्दै गएको व्यक्तिवादी प्रवृत्तिको बिरोध गर्दै उनीहरुले एमाले छाडेका हुन् ।

एमाले र माओवादी केन्द्र एक भएर बनेर नेकपा पछि फुटेपछि एमालेमा नै रहेका उनिहरुले एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दा लोकतान्त्रिक–बाम गठबन्धनलाई सहयोग गर्ने गरि पुरानै पार्टीमा फर्केको एसाले बताए ।

मंगलबार उनीहरुलाई माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा काभ्रेका इन्चार्ज सुर्यमान दोङ (लालध्वज)ले पनौतीस्थित् पार्टी कार्यालयमा स्वागत गरेका हुन् ।

एमालेबाट राजकुमार गोले, दिपक बहादुर गोले, राजेश भोलन, दिपेश लामा, राजविर गोले, अशोक लामा, प्रेम लामा, निरोज लामा, हरिबहादुर भोलन, युवाराज गोले, योगेश भोलन, दिनेश थिङ, सानुकाजी थिङ, प्रकाश वाईवा, रामकाजी भोलन, दिपेन्द्र भोलन, राजु भोलन, सुनल दुवाल, दिपेन्द्र प्रजापति, नविन सिन्तकला, रमेश भोलन, सुन्तली माया वाईवा, प्रविन लामा, बुद्ध लामा, नवराज थिङ, रुपेश लामा, श्याम भोलन, विक्रम थिङ, नरेश थिङ, सुज्ये भोलन, विरबहादुर थिङ, निराजन भोलन लगयत माओवादी केन्द्रमा प्रवेश रहेका छन् ।

माओवादीमा फकिएका विरेन गठबन्धनका उम्मेदवारलाई जिताउन कुनै कसर नराखी लागि पर्ने बताए । एसाले एमालेको व्यक्तिवादी सोचलाई समाप्त पार्न लोकतान्त्रिक गठबन्धनको जित हुन जरुरी भएको र त्यो अभियानमा दिलो ज्यान दिएर लागि पर्ने उनको भनाई छ ।

त्यस्तै पुर्नमिलनपछि विरेन र यसाले एमालेमा रहेक पुर्व माओवादीसँगै एमालेका नेता कार्यकर्तासमेत माओवादीमै आउने तयारीमा रहेको दाबी गरे ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular