Friday, September 22, 2023
Homeकाभ्रे फोकसतिर्थ लामाको कार्यकर्तालाई अपिलः काभ्रे–१ मा लालध्वजलाई भोट दिएर जिताउनु

तिर्थ लामाको कार्यकर्तालाई अपिलः काभ्रे–१ मा लालध्वजलाई भोट दिएर जिताउनु

काभ्रे : नेपाली कांग्रेसका काभ्रे जिल्ला सभापति एवं लोकतान्त्रिक वाम गठबन्धनका प्रतिनिधिसभा १ अन्तर्गत प्रदेश सभा (ख) क्षेत्रका साझा उम्मेदवार तिर्थ लामाले कांग्रेस कार्यकर्ताहरुलाई प्रतिनिधि सभा १ का उम्मेदवार सुर्यमान दोङ लालध्वजलाई मतदान गर्न आग्रह गरेका छन् ।

आइतबार पनौती नगरपालिका–९ मा लोकतान्त्रिक बाम गठबन्धनद्धारा आयोजित संयुक्त चुनावी सभामा बोल्दै लामाले माओवादी केन्द्रसँग केही सैद्धान्तिक मतभेद रहे पनि विगतका तिक्तताहरु बिर्सेर माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेको क्षेत्र नं. १ का उम्मेदवार दोङलाई मतदान गरेर विजय गराउन अपिल गरेका हुन् ।

उम्मेदवार लामाले आवश्यकता अनुसार साझेदारी गर्दा राष्ट्रले महत्वपूर्ण उपलब्धि हासिल गरेकाले यस पटक संविधानको रक्षा र संघीय गणतन्त्र कार्यनयनको लागि माओवादी लगायतका दलहरुसँग कांग्रेसले गठबन्धन गरेको स्पष्ट पारे ।

उनले विगतम भएको सानोतिनो व्यक्तिगत मतभेद तथा तिक्ततालाई सम्झेर कांग्रेसले माओवादीलाई, माओवादीले कांग्रेसलाई मतदान नगरे त्यसको फाइदा प्रतिगामी शक्तिले उठाउन सक्ने तर्फ समेत सचेत गराए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका प्रतिनिधि सभा १ का उम्मेदवार दोङले इतिहासमा कांग्रेस र माओवादी एक ठाउमा उभिदा मात्रै देशले दिगो शान्ति पाएको र कम्युनिस्टहरु एक हुनुपर्छ भनेर एमालेसंग मिल्दा हजारौं सहिदहरुको बलिदानले कोरेको संविधान पटकपटक च्यात्ने प्रयत्न भएकोले देशभर वाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवारहरुलाई जिताउनुको अरु विकल्प नरहेको विचार व्यक्त गरेका छन् ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular