संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउनुस्ः सुर्यमान, जनताको शीर निहुरिने काम गर्ने छैनः तिर्थ

0
194

काभ्रेः काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट सत्तारुढ गठबन्धन दलका साझा उम्मेदार सुर्यमान दोङ (लालध्वज)ले संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको बताएका छन् । आइतबार जिल्लाको पनौतीस्थित् लोकतान्त्रिक–बाम गठबन्धनद्धारा आयोजित मतदाता भेटघाट तथा कोणसभामा बोल्दै उम्मेदवार दोङले यस्तो बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा काभ्रेका इन्चार्ज समेत रहेका उम्मेदवार दोङले देश चुनावपछि कता जाने भन्ने गम्भीर मोडमा रहेको बताए ।

उर्जा राज्यमन्त्री समेत भइसकेका उनले मतदातालाई गठबन्धनमा रहेका दलका कार्यकर्तालाई काभ्रे–१ को संघमा ‘गोलकारभित्रको हाँसिया हातौडा’ र प्रदेश तर्फ ख मा ‘रुख’ चिन्हमा गठबन्धनका उम्मेदवारलाई मात्रै मत दिनुपर्ने बताए ।

‘काँग्रेसले रुखबाहेक, माओवादीले गोलकारभित्रको हाँसिया हातौडा र एकिकृत समाजवादीले कलमबाहेक अरुमा भोट हाल्दैन भनेर भन्न मिल्दैन’, उनले भने, ‘खुला हृदयले गठबन्धनका उम्मेदवारलाई जिताउन आफ्नो क्षेत्रका संघ र प्रदेशको उम्मेदवारको चुनाव चिन्ह कुन हो त्यसमा भोट हाल्नु पर्ने छ ।’

जनताको शीर निहुरिने काम गर्ने छैैनः तिर्थ

सत्ता गठबन्धनकै काभ्रे–१ प्रदेश सभा ख का साझा उम्मेदवार तिर्थ लामाले गठबन्धन देशको विकासमा लागि बनेकाले गठबन्धन भएकाले जित्नुपर्ने बताए ।

कांग्रेस काभ्रेका सभापति समेत रहेका उम्मेदवार लामाले संविधानलाई व्यवहारिक कार्यन्वयन गर्नको निमित्त भएपनि गठबन्धनलाई जिताउनुको विकल्प नरहेको दाबी गरे । त्यस्तै उनले जनताको शीर निहुरिने खालको काम नगर्ने तर जनताकै माझमा रहेर जनताको हितको काममा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘हामी गफले नभई काम गरेर देखाउँने छौँ । हामीलाई चुनावमा जिताएर एक पटक मौका दिनुहोस्’, उनले भने, ‘हामीले विगतमा पनि जनताकै हितमा काम गरेको छौँ, जनतालाई ढाँटेर काम गरेको छैनौँ ।’

त्यस्तै उम्मेदवारद्धयले शिक्षा, खानेपानी लगायतका अुधरा काम पाँच वर्ष भित्र पुरा गर्ने गरी आ–आफ्नो योजना तथा प्रतिबद्धता समेत सुनाईका छन् । कार्यक्रममा सडकको स्तर उन्नतीसँगै कालोपत्रे हुनेमा जोड दिए ।

गठबन्धन दलका उम्मेदवार दोङ र लामाले आज मात्रै पनौतीको वडा नम्बर ७, ८ र ९ का मतदातासँग भेटघाट समेत गरेका छन् । भोली पनौतीकै वडा नं. ४, ५ र ६ मा मतदातासँग भेटभाट कार्यक्रम रहेको लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन प्रचारप्रसार समितिले जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here