रोशीमा जेसीवी पल्टिदा चालकको मृत्यु

0
221

काभ्रे : जिल्लाको रोशी गाउँपालिका–२ स्थित् कुखुरे पाखामा जेसीवी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेमा सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जेसिबी अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको जानकारी दिए ।

डिएसपी न्यौपानेका अनुसार मृत्यु हुनेमा रामेछापको दोरम्बा गाउँपालिका–२ का २५ वर्षीय जिबराज तामाङ रहेका छन् । उनले जेसीवी सडकबाट करिब ९५ फिट तल खोलामा खसेको बताए ।

डिएसपी न्यौपानेले रोशीको कुखुरे थुम्काडाँडा जाने ग्रामिण कच्ची सडक खण्ड हुँदै कटुन्जेतर्फ आउँदै गरेको बा २ क ८६०२ नम्बरको जेसिबी अनियन्त्रित भई पल्टिदा तामाङको मृत्यु भएको बताए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले दुर्घटनाबाट गम्भीर घाइते तामाङलाई उद्धार गरी विहान १०ः ५५ बजे धुलिखेल अस्पताल पठाएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जनाइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here