Friday, September 22, 2023
Homeखेलनवौं राष्ट्रिय खेलकुदः महिला फुटवलमा बागमती प्रदेशद्धारा लुम्विनी ७–० ले पराजित

नवौं राष्ट्रिय खेलकुदः महिला फुटवलमा बागमती प्रदेशद्धारा लुम्विनी ७–० ले पराजित

काभ्रेः नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ७–० फराकिलो गोल अन्तरले पराजित गर्दै विजय सुरुवात गरेको छ ।

स्याङ्जाको वालिङमा बागमतीको जितमा पुजा लामा र सुजिता लामाले २/२ गोल गर्दा मनिसा थापा मगर र कुमारी तामाङले समान एक एक गोल गरेका छन् । लुम्बिनीका आकृति वलीले भने आत्त्माघाती गोल गरेकी थिईन् ।

खेलको २५ औँ मिनेटमा बागमतीले सुजिताको गोलबाट आग्रता लिइएको थियो । त्यसको केही सेकेण्डमा लुम्बीनीकी आकृतिले आत्मघाती गोल गर्दा बागमतीले २–० को आग्रत बनाए । खेलको २९ औँ मिनेटमा बागमतीकै पुजाले टिमको लागि तेस्रो गोल गरिन् । त्यस्तै खेलको ३७ औँ मिनेटमा मनिसा थापा मगरले टिमको लागि चौथो गोल थपे ।


खेलको ३८ औँ मिनेटमा पुजाले व्यक्तिगत दोस्रो गर्दै पहिलो हाफमै समुहका लागि पाँचौ गोल गरिन् । दोस्रो हाफको ७६ औँ मिनेटमा कुमारीले टिमको लागि छैटौँ गोला गर्दा खेलको ८१ औँ मिनेटमा सुजताले व्यक्तिगत दोस्रो तथा टिमको लागि सातौँ गोल गरी टिमको जित सुनिश्चित गर्न सफल भईन् ।

यसअघिको पहिलो खेलमा नेपाल पुलिस क्लवसँग ५–० ले हार व्यहोरेको बागमतीले दोस्रो खेलमा लुम्विनीलाई हराउँदै विजयी सुरुआत गरेका हुन् ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular