Friday, September 22, 2023
Homeखेलनवौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एनआएरएनएको विजयी सुरुवात

नवौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एनआएरएनएको विजयी सुरुवात

पर्वत : गण्डकी प्रदेशमा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुषतर्फको फुटबल खेलमा प्रदेश नं. १ लाई गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को टोलीले पराजित गरेको छ ।

बिहीबारदेखि सुरु भएको पुरुष फुटबलको पहिलो खेलमा नै एनआरएनएको टोलीले जित निकालेको हो ।

पोखराको याम्दीमा रहेको गोष्तेघाट खेल मैदानमा भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० अन्तरले पराजित गरेको हो ।

एनआरएनएका लागि विमल घर्ती मगर र सन्जोग राईले एक÷एक गोल गरे । विमलले खेलको आठौँ मिनेटमा गोल गर्दै एनआरएनएलाई अग्रता दिलाएका थिए । दोस्रो गोल भने सन्जोगले दोस्रो हाफको दशौँ मिनेटमा गरेका थिए ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular