Friday, September 22, 2023
Homeकाभ्रे फोकससंघ प्रदेशको चुनाव नजिकिएसँगै पुर्ववत सकृय हुन कांग्रेस काभ्रेको अनुरोध

संघ प्रदेशको चुनाव नजिकिएसँगै पुर्ववत सकृय हुन कांग्रेस काभ्रेको अनुरोध

बनेपा, काभ्रे : स्थानीय तह सदस्य निर्वाचनका क्रममा पार्टी अनुशासन उल्लंघन गरेका र कारबाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवश निष्क्रिय बसेका आफ्ना सदस्यलाई पूर्ववत सकृय हुन नेपाली कांग्रेस काभ्रेले अनुरोध गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय बमोजिम नेपाली कांग्रेस काभ्रे अन्तर्गतका सदस्यलाई प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा पार्टीमा पूर्ववत् सकृय भएर पार्टीको विजयी अभियानमा सहभागी हुन जिल्ला कार्यसमितिले विज्ञप्ती मार्फत अपिल गरेको हो ।

कांग्रेसले आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारहरूलाई विजय गराउन जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरू, सबै क्षेत्रीय समितिहरू, सबै भातृ एवं शुभेच्छुक संस्थाहरू, १३ वटै गाउँ÷नगर कार्यसमितिहरू, काठमाण्डौ उपत्यका सम्पर्क समितिहरू, १ सय ३५ वटै वडा कार्यसमितिहरू र सम्पूर्ण टोल कार्यसमितिहरू लगायत नेपाली कांग्रेसका सम्पूर्ण सदस्य एवं शुभेच्छुकहरूलाई एकतावद्ध र अनुशासनका साथ दृढ ढंगले परिचालित हुनसमेत निर्देशन गरेको छ ।

आसन्न निर्वाचनमा गठबन्धनको तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं १ मा माओवादी केन्द्रका सुर्यमान दोङ, प्रदेश सभा १ (क) मा माओवादी केन्द्रकै रत्नप्रसाद ढकाल, प्रदेश सभा १ (ख) मा नेपाली कांग्रेसका तिर्थबहादुर लामा, प्रतिनिधी सभा क्षेत्र नं २ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाई, प्रदेश सभा २ (क) मा एकिकृत समाजवादीका लक्ष्मण लम्साल र प्रदेश सभा २ (ख) मा कांग्रेसका कञ्चनचन्द्र बादे श्रेष्ठ उम्मेदवार छन् ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular