Friday, September 22, 2023
Homeसामाचारथन्केर बसेका विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउने लुम्बिनी विकास कोषले

थन्केर बसेका विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउने लुम्बिनी विकास कोषले

लामो समयदेखि थन्केर बसेका विद्युतीय सवारीसाधन सञ्चालनका लागि चौतर्फी दबाब र आलोचना हुन थालेपछि लुम्बिनी विकास कोषले सञ्चालनमा अग्रसरता देखाएको छ ।

एडीबीको सहयोगमा लुम्बिनी आएका १९ वटा सवारीसाधनमध्ये केही बिग्रन थालेको छ भने केही विकास कोषले स्वयं प्रयोग गरिरहेको छ । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा अत्याधिक भएको प्रदुषण केही हदसम्म रोक्न भनि ल्याएको बस चार्जिङ स्टेसनमै राखिएको छ ।

लुम्बिनीमा सञ्चालन गर्नका लागि एसियाली विकास बैंकले ३ वर्ष अगाडी पाँचवटा विद्युतीय बस र १४ वटा विद्युतीय ट्याक्सी कार लुम्बिनी विकास कोषलाई अनुदानमा दिएको थियो । ती, साधनहरू सञ्चालन गर्नका लागि चार्जिङ स्टेशन समेत तयार भइसके पनि सञ्चालनका लागि कार्यविधि नभएकोले अगाडि बढ्न सकेको थिएन ।

पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयले विद्युतीय सवारीसाधन सञ्चालन गर्नका लागि कार्यविधि बनाउने निर्णय गरेसँगै कोषाध्यक्ष ढुण्डीराज भट्टराई ९सिद्धिचरण० को संयोजकत्वमा बोर्ड सदस्यहरू विश्वराज पौडेल र राजेश शाक्य सदस्य रहेको तीन सदस्यीय कार्यदलसमेत गठन गरेको थियो । गत २१ जेठमा बनाइएको कार्यदलले गाडी सञ्चालन सम्बन्धी कार्यविधि बनाउने र अवस्थालगायतका बारे प्रतिवेदन बनाउने प्रक्रियामा गएपछि सञ्चालनको आश जागेको छ ।

विभिन्न बहानामा लुम्बिनीमा थन्काएर राखिएका १४ वटा विद्युतीय भ्यान र ५ वटा विद्युतीय बस दशैं अघि नै सञ्चालनमा ल्याउने तयारी कार्यदलले गरेको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । विद्युतीय गाडीहरू कोषलाई हस्तान्तरण भए पनि अहिले पनि पर्यटन मन्त्रालयकै नाममा रहेको र यसलाई कोषको नाममा नामसारी गराउने प्रक्रिया पनि अगाडी बढाइएको छ । नम्बर प्लेटको विषयमा टुंगो लागेको छैन, सेतो नम्बर प्लेटमा सवारीसाधन त भयो अब हरियो नम्बर प्लेट वा कालो नम्बर प्लेटमा राख्ने विषयमा गृहकार्य भइरहेको छ ।

सवारी साधनहरुको अवस्था बुझ्दा पाँचवटा भ्यान र पाँचवटा बस सञ्चालन योग्य छ भने नौवटा भ्यानको ब्याट्रीमा समस्या देखिएको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular