Friday, September 22, 2023
Homeकाभ्रे फोकसचुनावी तयारीमा होमिए कांग्रेस, प्रचारप्रसार संयोजकमा योञ्जन

चुनावी तयारीमा होमिए कांग्रेस, प्रचारप्रसार संयोजकमा योञ्जन

भकुण्डे, काभ्रे : नेपाली कांग्रेस काभ्रे आगमी मंसिर ४ गते हुने निर्वाचन केन्द्रित छलफल, भेटघाट तथा कार्यक्रममा होमिएको छ । कांग्रेस काभ्रे प्रतिनिधिसभा १ अन्तर्गत (क) प्रदेशसभा क्षेत्रीय कार्यसमितिको शनिकार बसेको बैठकले बागमती प्रदेश प्रतिनिधि समेत रहेका कार्यसमिति सदस्य विकास योञ्जनलाई कांग्रेस काभ्रे–१ (क) प्रदेशसभा क्षेत्रीय प्रचारप्रसार विभागको संयोजक तोकिएसँगै विभागीय जिम्मेवारी समेत दिएका छन् ।No description available.प्रचारप्रसार संयोजक योञ्जनका अनुसार आज बसेको कांग्रेस काभ्रे प्रतिनिधिसभा १ अन्तर्गत (क) प्रदेशसभा क्षेत्रीय कार्यसमितिको बैठकले भदौ १३ गते भकुण्डेबेशीस्थित् पार्टी कार्यालयको भवनमा निर्वाचन केन्द्रित कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । उनले बैठकले कार्यक्रम जिल्ला सभापति तिर्थ लामाका प्रमुख अतिथ्यतामा हुने गरी निर्णय भएको जानकारी दिए ।No description available.

प्रचारप्रसार संयोजक योञ्जनले बैठकबाट प्रदेशसभा क्षेत्रीय कार्यसमितिको लागि पार्टी विधान २०१७ (संशोधनसहित) अनुसार महिला सदस्यमा मुगुमाया लामा र विष्णुमाया लामालाई चयन गरेका बताए । त्यस्तै समितिको नियमित रुपमा प्रत्येक महिनाको १३ गते बस्दै आएको बैठक अबदेखि हरेक महिनाको दोस्रो शनिबार बस्ने निर्णय समेत गरेको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular