Friday, September 22, 2023
Homeसामाचारपार्टीमा पदका लागि संघर्ष हुन थाल्यो स् प्रचण्ड

पार्टीमा पदका लागि संघर्ष हुन थाल्यो स् प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालिन जनयुद्धमा पार्टीका नेता कार्यकर्ता लडाइका निम्ति मोर्चामा जाने प्रतिस्पर्धा हुने गरेपनि अहिले पदका लागि संघर्ष हुने गरेको बताएका छन् । योङ कम्युनिस्ट लिग ९वाइसिएल० नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले अहिले नेता कार्यकर्ता पद र प्रतिस्ठान खोज्नेमा प्रतिस्पर्धा भएको भन्दै दुःख व्यक्त गरे ।

हिजो जनयुद्धमा लडाइको मार्चमा डिफेन्समा होइन । अफेन्समा एसल्टमा सबैभन्दा अग्रमोर्चामा जानको लागि प्रतिस्पर्धा हुने गर्थ्यो । युवा र वाइसिएल असन्तुष्टि जाहेर गर्ने बलिदान गर्न पाउनैपर्छ भनेर नेतृत्वलाई घेरा हाल्ने जसरी पनि मर्न नपाउने भनेर स्प्रिट हुन्थ्यो’ प्रचण्डले भने, ‘आज भोलि त्यस्तो हुँदैन । तपाई हामीलाई थाहा छ । मैले यो पद किन नपाउने भनेर प्रतिस्पर्धा हुन थाल्यो । प्रतिष्ठाको निम्ति संघर्ष गर्ने प्रतिस्पर्धा हुन थाल्यो । आज भोलिको अनुभव नमिठो छ ।’

अहिले पद र प्रतिष्ठाको निम्ति भइरहेको संघर्षको कोर्षलाई समेत करेक्सन गर्न युवाहरु जुटेमा पार्टीलाई समेत सकारात्मक उर्जा मिल्ने प्रचण्डले बताए । पार्टीभित्र देखिन खोजेको विचलनलाई ठिक ठाउँमा ल्याउन महत्वपूर्ण भूमिका खेल्न युवाहरुलाई आग्रह गरे ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular