Friday, September 22, 2023
Homeसामाचारछुट्टाछुटै दुर्घटनामा दुई बालकको मृत्यु

छुट्टाछुटै दुर्घटनामा दुई बालकको मृत्यु

धनुषाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा दुई जना बालकको मृत्यु भएको छ । जनकपुर–ढल्केबर सडकअन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित सडकमा बसले साइकललाई ठक्कर दिँदा स्थानीय १३ वर्षीय विशाल दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जनकपुरधामबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना५ख १४४१ नम्बरको बसले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते बालकको जनकपुरधामस्थित जानकी हेल्थकेयरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

यस्तै धनुषाको धनुषाधाम नगरपालिका–२ मखनपुरस्थित मखनबाबा कुटी पोखरीमा बिहीबार डुबेर स्थानीय भोला मण्डलको चार वर्षीय छोरा अनिशकुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । साथीसँग खेल्दै पोखरीमा नुहाउन गएका बेला डुबेर बालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए । बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular