Friday, September 29, 2023
Homeसामाचारमाइतीघर मण्डलामा विद्यालय कर्मचारीहरूको धर्ना

माइतीघर मण्डलामा विद्यालय कर्मचारीहरूको धर्ना

आफ्नो पूर्ण सेवा सुरक्षाको ग्यारेन्टीसहित विभिन्न माग अघि सारेर आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीहरू माइतीघर मण्डलामा धर्नामा बसेका छन् । आन्दोलनको तेस्रो दिन आज बिहान ११ बजेदेखि ३ घण्टा माइतीघर मण्डलामा धर्नामा बस्ने कार्यक्रम रहेको नेपाल विद्यालय कर्मचारी परिषद्का उप–महासचिव प्रेम बहादुर भण्डारीले जानकारी दिए । विभिन्न नारासहितका प्लेट कार्ड छातीमा टाँसेर उनीहरू धर्नामा बसेका छन् ।

यसअघि उनीहरूले भदौ १ र २ गते शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा धर्ना दिएका थिए । हिजो केन्द्रको मुल गेटमा तालाबन्दी समेत गरेका थिए । शान्तिपूर्ण आन्दोलन गर्दा पनि राज्यले माग सुनुवाई गर्न नचाहेको उनीहरूको गुनासो छ ।

बिहीबार बसेको परिषद्को बैठकले आज र भोलिका लागि लागि माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम तय गरेको थियो । विद्यालय कर्मचारीहरूले पूर्ण सेवा सुविधाको ग्यारेन्टी गरिनुपर्ने लगायतमा विभिन्न माग अघि सारेर आन्दोलन गर्दै आएका छन् । विद्यालय कर्मचारी सहायक ९लेखापाल० को तलब ३६ हजार ७३० हुनुपर्ने, विद्यालय सहयोगीहरूको तलब २६ हजार २१० रुपैयाँ हुनुपर्ने माग अघि सारेका छन् ।

त्यस्तै संघीय शिक्षा ऐन÷शिक्षा ऐन, २०२८ को संशोधनमा प्रबन्ध गरिनुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पु¥याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने माग राखेका छन् ।

संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरूलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रबन्ध गर्नुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन् । सेवा प्रवेशका लागि ४० वर्षे उमेर हद कार्यरत कर्मचारीको हकमा एक पटकका लागि नलाग्ने प्रबन्ध गर्नुपर्ने माग उनीहरूका छन् ।

त्यस्तै ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई स–सम्मान अवकाशको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारिएको छ । विद्यालय कर्मचारीहरूलाई उच्च शिक्षा अध्ययनका लागि अध्ययन बिदा, सन्ततिवृत्ति आदिको प्रबन्ध गरिनुपर्ने, विभिन्न समयमा गरिएका सहमति, सम्झौता तथा पटकपटक सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनुपर्ने माग परिषद्ले अघि सारेको छ ।

नयाँ आर्थिक वर्षमा सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरिए पनि विद्यालयमा कार्यरत ४० हजारभन्दा बढी कार्यालय सहयोगी र लेखापालको तलब वृद्धि नगरिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । यतिबेला उनीहरू पूर्ण सेवा सुविधाको ग्यारेन्टीसहित माग अघि सारेर आन्दोलन गर्दै आएका छन् । आन्दोलनकै लागि देशभरबाट ३ हजार भन्दा बढी विद्यालय कर्मचारी काठमाडौं आएका छन् ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular