Friday, September 29, 2023
Homeसामाचारदरबन्दी नभएको आर्यघाटमा ७ जना डाक्टर छन् स् स्वास्थ्यमन्त्री खापु

दरबन्दी नभएको आर्यघाटमा ७ जना डाक्टर छन् स् स्वास्थ्यमन्त्री खापु

 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले काठमाडौंमा डाक्टर अत्याधिक भएपनि काम केही नभएको बताएका छन् । सोमवार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा स्वास्थ्य बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खापुङले दरबन्दी र काम नभएको आर्यघाटमा समेत ७ जना डाक्टर रहेको बताएका हुन् ।

मन्त्री खापुङले अस्पतालहरुमा डाक्टरको अभाव रहेको बताए । उनले अस्पतालहरूको डाक्टरहरुको अभाव रहेपनि धेरै डाक्टरहरु बेरोजगारी पनि रहेको बताए । मन्त्री खापुङले धेरै डाक्टरहरुले एमबीबीएस, डेण्टलमा विशिष्टता हासिल गरेपनि बेरोजगार रहेको भन्दै दुर्गम क्षेत्रमा काम गर्न जान कोही तयार नभएको गुनासो गरे ।

उनले अस्पतालहरुले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताएका छन् । मन्त्री खापुङले स्वास्थ्य बीमा राज्यको कार्यक्रम भएकाले अस्पतालहरुले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताएका हुन् । उनले अहिले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नको लागि मन्त्रालय तयार रहेको पनि बताए । मन्त्री खापुङले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको लागि सरकारी र निजी अस्पतालहरूका कमि कमजोरी देखिएको बताए ।

उनले स्वास्थ्य बीमा गर्ने व्यक्तिहरुले समेत बीमा गरेकै छु भनि आवश्यकताभन्दा बढी प्रयोग गर्न खोजेकाले पनि समस्या आएको गुनासो गरे । मन्त्री खापुङले स्वास्थ्य बीमा कार्यक्रमको उदेश्य अनुसार सत्यतथ्यमा आधारित भएर अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको बताए । उनले सरकार स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाएर सबै जनतामा पु¥याउने र बीमा रकम वृद्धि गर्ने विषयमा राज्यमन्त्रीको नेतृत्वमा सुझाव कार्यदल बनाएर अगाडि बढेको जानकारी दिए ।

 

RELATED ARTICLES

follow us

FansLike

Most Popular