Friday, September 29, 2023
Homeसामाचारदश लाख बराबरको यार्सागुम्बा बरामद

दश लाख बराबरको यार्सागुम्बा बरामद

बाँकेको जानकी गाँउपालिका–१ पाँचपोखरी इलाकाबाट सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको चार सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ ।

अवैध रूपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले सोमबार बरामद गरेको हो ।

सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथ सोही ठाउँमा छाडी भागेका थिए । बरामद यार्सागुम्बा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय नेपालगन्ज बाँकेमा बुझाइएको छ ।

 

RELATED ARTICLES

follow us

FansLike

Most Popular