Friday, September 22, 2023
Homeकाभ्रे फोकससमाजसेवी योञ्जनद्धारा महाभारतका विद्यार्थीलाई झोला वितरण

समाजसेवी योञ्जनद्धारा महाभारतका विद्यार्थीलाई झोला वितरण

महाभारत, काभ्रे : नेपाली कांग्रेसको बागमती प्रदेश प्रतिनिधि तथा समाजसेवी विकाश योञ्जनले जिल्लाको विकट महाभारत गाउँपालिकाका विद्यार्थीलाई किताब बोक्ने झोला वितरण गरेका छन् । नेता तथा समाजसेवी योञ्जनले महाभारत गाउँपालिका–८ घर्तिछापस्थित् श्री गडुलदेवी प्राथमिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरेका हुन् ।

नेता तथा समाजसेवी योञ्जनका अनुसार विद्यार्थीलाई झोला वितरणसँगै विद्यालयलाई खेलुकद सामाग्री क्यारिम बोर्ड, पोर्ट आदि सहयोग गरेका छन् । करिब दुई लाख बराबरको उक्त समाग्री नेता तथा समाजसेवी योञ्जनले विद्यालयका प्रधानध्यापक खगेन्द्र थापालाई एक कार्यक्रमबिच हस्तान्तरण गरेका थिए ।

गरिवी, भौगोलिक विकता र सामाजिक रुपले पछि परेका महाभारत गाउँपालिकाका बालबालिकाकोे खाली हात तथा प्लाष्टिकको झोला किताब बोकेर पढ्न हिडेको देखेपछि आफुले अभावको बिच पढ्नु परेपनि बालबालिकाले त्यसरी पढ्नु नपरोस् भनेर विद्यार्थीलाई किताब बोक्ने झोला सहयोग गरेको उनले बताए । उनले भने, ‘टाढाटाढाबाट हिँडेर आउने विद्यार्थीलाई झोला नभएर किताब जोगाउन समस्या देखेपछि सहयोग गरेको हो ।’

त्यस्तै समाजसेवी योञ्जनले सामुदायिक विद्यालयप्रतिको मोह बढाउन र त्यहाँ अध्ययनरत गरीब, दलित समुदायका विद्यार्थीलाई शिक्षाको पहुँचमा पु¥याउन झोला र खेलकुद सामाग्री सहयोग गरिएको बताए ।

विद्यालयका प्रधानाध्यापक थापाले नेता तथा समाजसेवी योञ्जनको सहयोगले खुल्ला रुपमा हात किताब बोक्नु पर्ने बाध्यता रहेको विद्यार्थीलाई राहत भएको बताए । उनले भने, ‘पहिले हातमा किताब बोकेर विद्यालय आउने विद्यार्थी अब झोलामा किताब बोकेर आउँने छन् ।’

समाजसेवी योञ्जनले यसअघि कोरोना महामारीको कहर राहतसँगै विभिन्न समयमा नागरिक तथा विद्यार्थीलाई झोला, खेलकुद जस्ता सामाग्री सहयोग गर्दै आएका छन् ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular