Friday, September 29, 2023
Homeराजनीतिसत्ता गठबन्धनको बैठक भोलि, सीट बाँडफाँडको मोडालिटी बनाउने

सत्ता गठबन्धनको बैठक भोलि, सीट बाँडफाँडको मोडालिटी बनाउने

सत्ता गठबन्धनको बैठक भोलि ९शुक्रबार० विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेपछि पाँच दलीय गठबन्धनमा बैठक बस्न लागेको हो ।

सत्ता गठबन्धनको बैठकमा सीट बाँडफाँडको मोडालिटी बनाउने विषयमा छलफल हुने गठबन्धनका एक नेताले बताए । भागवण्डाको विषयमा शिर्ष नेताहरु आफ्नो धारणा राख्ने भएका छन् । त्यस बमोजिम नै सिटको टुंगो लाग्ने भएको छ ।

सीट बाँडफाँड गर्ने विषयमा शिर्ष नेताहरुले कार्यदल बनाएर मोडालिटी तयार गर्ने तयारी गरेका छन् । सीट बाँडफाँडसँगै प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति सभामुख, उपसभामुखलगायत राजकीय पदमा समेत एउटा समझदारी बनाउने तयारी गरिएको छ ।

 

RELATED ARTICLES

follow us

FansLike

Most Popular