Friday, September 29, 2023
Homeसामाचारकर्णालीका कानुन मन्त्रीको प्रश्नस् प्रदेशलाई कुहिरोको काग किन बनाएको

कर्णालीका कानुन मन्त्रीको प्रश्नस् प्रदेशलाई कुहिरोको काग किन बनाएको

कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले प्रदेशलाई कुहिरोको कागजस्तै बनाएको बताएका छन् । उनले प्रदेशलाई अधिकार दिएजस्तो गरेर साँघुरो घेरामा राखेको भन्दै संघ सरकारप्रति आक्रोश पोखेका हुन् ।

बुधबार १० वटै जिल्लाका प्रहरी प्रमुख तथा अनुसन्धान अधिकृतहरू उपस्थित कार्यक्रममा उनले संघीय सरकारले प्रदेशको स्पष्ट बाटो देखाइदिनुपर्ने बताए । ‘संघबाट कुनै बाटो देखाउने काम भएन,’ उनले भने, ‘संघीय सरकारलाई म आग्रह गर्दछु, प्रदेश सरकारको प्रहरी कहाँ छ रु संघीय सरकारले भन्नुपर्‍यो। प्रदेशको प्रहरी छ की छैन

कर्णालीका प्रहरी संरचनाहरू अझै पनि लुम्बिनी प्रदेशमा रहनुको मुख्य दोषी केन्द्र सरकार रहेको कानुन मन्त्री शाहीको टिप्पणी थियो । उनले प्रदेश सरकारको बचाउ गर्दै लुम्बिनीमा रहेका संरचनाहरू कर्णालीका हुन् की लुम्बिनीका हुन संघ सरकारले प्रष्ट पारिदिन आग्रह समेत गरे ।

कर्णालीमा १२३ वटा प्रहरी चौकी रहेका छन् । १० जिल्लामा ५३ वटा अस्थाई प्रहरी चौकी छन् । तर त्यहाँ साधन स्रोतको शून्यता छ । ‘प्रदेश सरकार व्यवस्थापन गर्न तयार छ, तर डीएसपी संघको होकी प्रदेशको ’ उनले भने, ‘प्रहरी तालिम केन्द्र कर्णालीमा ल्याउन धेरै परामर्श गरेँ । त्यसको लागि सानो कामका लागि पनि अझै सिंहदरबारको दुलोभित्र छिर्नुपर्छ ।’

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ९डिआईजी० भीमप्रसाद ढकालले न्यून स्रोत र साधनकाबीच पनि नेपाल प्रहरीले अपराध नियन्त्रणमा उत्कृष्ट काम गर्दै आएको बताए । पछिल्लो समय प्रविधिको प्रयोगसँगै अपराधका प्रकृतिहरू बदलिँदै जानुले नागरिकको सुरक्षामा चुनौती थपिएको उनको भनाई थियो ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular