मुम्बई उड्न लागेको विमानबाट १ जना शंकास्पद व्यक्ति पक्राउ

0
147

काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट प्रहरीले चेकजाँच गरेर एकजना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । विशेष ब्यूरोका डीआईजी अशोक सिंह नेतृत्वको टोलीले एक जनालाई पक्राउ गरेको हो ।

विशेष ब्यूरोको सूचनाका आधारमा विमानमा चेकजाँच गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । उनले भने–‘चेकजाँच सकियो, विमानबाट एकजना आपराधिक पृष्ठभूमिका व्यक्तिलाई पक्राउ गरिएको छ ।’

कैलालीमा मुद्दा चलिरहेको फरार आरोपीलाई पक्राउ गरिएको प्रहरीको एकजना उच्च अधिकारीले बताए । पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here