एसिया कप क्रिकेट यूएईमा हुने

0
171

श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स ९यूएई०मा आयोजना हुने भएको छ ।

एसियन क्रिकेट काउन्सिल ९एसीसी० श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा स्थानान्तरण गरेको हो ।

टी(२० फर्म्याटमा आयोजना हुने एसिया कप निर्धारित समय ९अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म०मै हुने एसीसीले जनाएको छ ।

एसिया कपमा साबिक विजेता भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानले सहभागी जनाउने छन । यस्तै, छनोट प्रतियोगिताबाट १ राष्ट्र गरि ६ टिम सहभागी हुनेछन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here