Friday, September 29, 2023
Homeसामाचारगृहमन्त्रीको निर्देशन अछामका पहिरो प्रभावितलाई तत्काल राहत दिन अग्रह

गृहमन्त्रीको निर्देशन अछामका पहिरो प्रभावितलाई तत्काल राहत दिन अग्रह

गृहमन्त्री बालकृष्ण खाँणले अछामको तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले गरेको क्षतिबारे जानकारी लिएका छन् । अछामका प्रजिअ विश्वराज मरासिनी र डिएसपी नारायण डागीलाई टेलिफोन गरेर गृहमन्त्रीले आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसर बाकी नराख्न निर्देशन दिए ।

आवश्यक सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिँदै घाइतेको उपचार र तत्कालको राहत उपलब्ध गराउन मन्त्रीले प्रमुख जिल्ला अधिकारीलाई भनेका छन् । आइतबार राति अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजू हरिकला विष्ट, भाइ वीरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको थियो ।

६५ वर्षीया नैना विष्टको भने जीवितै उद्धार गरेर अस्पताल लगिएको प्रजिअ मरासिनीले बताए । घरमुली अमर कामका सिलसिलामा घर बाहिर छन् । अहिले पहिरो रोकिएको छ ।

 

RELATED ARTICLES

follow us

FansLike

Most Popular