एसवाई प्यानलको टिकटक प्रतियोगिता सुरु भएसँगै भिडियो जिंगल सार्वजनिक, पुरस्कार राशी ८ लाख ८५ हजार

0
240

काभ्रे : कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपाल लिमिटेड (SY Panel Nepal Ltd.)ले टिकटक प्रतियोगिता सुरु भएको छ । शुक्रबारदेखि भदौ ६ गतेसम्म हुने प्रतियोगिताको टिकटक अफिसियल भिडियो तथा जिंगल सार्वजनिक भएका छन् ।

कम्पनीका अविरल जिम्बाले प्रतियोगीले एसवाई प्यानलको अफियल टिकटकमा राखिसकेको हुँदा त्यसबाट पनि सजिलै भिडियो र अडियो प्राप्त गर्न सक्ने बताए । उनका अनुसार प्रतियोगीले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा टिकटक भिडियो बनाउनु पर्ने छ । उनले प्रतियोगीतामा सहभागी हुन चाहनेले साउन ६ गतेदेखि भदौ ६ गतेभित्र टिकटकमा भिडियो पोष्ट गरी सक्नु पर्ने जानकारी दिए ।

कम्पनीका अफिसर जिम्बाका अनुसार प्रथम पुरस्कार नगद १ लाख ५० हजार, द्धितीय पुरस्कार (२ जना)ले प्रतिब्यक्ती नगद १ लाख रुपैयाँ र तृतीय पुरस्कार ९३ जना०ले प्रतिब्यक्ती नगद ७५ हजार रुपैँया पाउने घोषण गरेको छ ।

त्यस्तै चौथो पुरस्कार (४ जना)ले प्रतिब्यक्ती नगद ४० हजार र पाचौं पुरस्कार ९५ जना)ले प्रतिब्यक्ती नगद ३० हजार रुपैँया प्राप्त गर्ने छन् । प्रतियोगिताका प्रथम, द्धितीय सहित पाँचौ पुरस्कार गरी १५ जना विजेताहरुले नगद ८ लाख ८५ हजार रुपैँया पाउने छन् ।

कम्पनीले नेपाल सरकारको नियम अनुसार पुरस्कारमा लाग्ने कर विजेता स्वयंले ब्यहोर्नु पर्ने जनाइएको छ । टिकटक भिडियो एकल वा समुहमा पनि बनाउन सकिने छ । कम्पनीले प्रतियोगिता खुला रूपमा र पुरस्कार राशी पनि राम्रो राखिएको हुँदा धेरै प्रतियोगीहरु आवद्ध हुने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट भिडियोहरुलाई छनोट गरि ३० प्रतिशत लाइकको आधारमा, ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भ्युज, शेयरसँगै कमेन्टको आधारमा विजेताहरु घोषण गरिने छ ।

फेब्रिकेटेडको प्रयोग गरी घर, संघरसंस्थाको भवन लगायत निर्माण गरिरहेको एसवाई प्यानल नेपालमा लोकप्रिय हुँदै गइरहेको छ ।

यस्तो छ सर्त
कम्पनीले भिडियोका लागि केही सर्तहरू पनि तोकिएका छन् । जसमा प्रतियोगीले टिकटकमा बनाएको भिडियो सिर्जनात्मक र सभ्य हुनु पर्ने छ । टिकटक बनाईसकेपछि अनिवार्य रुपमा @SY_NEPAL मा ट्याग गरिनुका साथै ह्यासट्याकको रुपमा #synepal #sayyes प्रयोग गर्नु पर्ने छ ।

यस्तै भिडियो कम्पनीले तोकिएको ओरिजिनल साउन्डमा बाहेक अरुमा बनाउन नपाउने सर्त राखिएको छ । प्रतियोगिताका विजेताहरुलाई भदौ १० गते एक कार्यक्रमबीच पुरस्कार वितरण गरिनेछ ।

टिकटक बनाउने जिंगलको लिंक

Jingle 1 : https://bit.ly/3zjzABi

Jingle 2 : https://bit.ly/3PHaoKb

https://www.tiktok.com/@sy_nepal

https://www.tiktok.com/music/original-sound-SyNepal-7122410059032120066?lang=en

https://www.tiktok.com/@sy_nepal?lang=en

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here