Friday, September 22, 2023
Homeकाभ्रे फोकसकाभ्रेमा अनलाइनबाटै मतदाता नामावली फाराम भर्न पाउने, लाइन बस्नु पर्ने झन्झटको अन्त्य

काभ्रेमा अनलाइनबाटै मतदाता नामावली फाराम भर्न पाउने, लाइन बस्नु पर्ने झन्झटको अन्त्य

काभ्रे : काभ्रेका मतदाताले अनलाइनबाटै मतदाता नामावली फाराम भर्न पाउने भएको छ भने विहानदेखि दिनभरी लायन बसेर फराम भर्नु पर्ने झन्झटको अन्त्य भएका छन् ।

बुधबारबाट काभ्रेसँगै पाँच जिल्लाबाट अनलाइन प्रणालीबाट मतदाता नामावली फाराम भर्न पाउने व्यवस्था लागू हुने भएको हो ।

सोमबार बसेको आयोगको बैठकले काभ्रेपलाञ्‍चोक, चितवन, कास्की, मोरङ्ग र झापा गरी थप ५ जिल्लाबाट समेत अनलाइनबाट मतदाता नामावली फाराम भर्ने व्यवस्था मिलाउने निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता समेत रहेका सहसचिव शालिग्राम शर्माका अनुसार यसअघि काठमाडौं उपत्यका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरबाट मात्र अनलाइन प्रणालीबाट मतदाता नामावली फाराम भर्न पाउने व्यवस्था गरेको थियो ।

अनलाइन प्रणालीबाट प्रि–इन्ड्रोलमेन्ट गरिसकेपछि बायोमेट्रिक दिनका लागि भने नजिकै रहेको निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular