Friday, September 29, 2023
Homeकाभ्रे फोकसरोशीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाइते

रोशीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाइते

काभ्रेः जिल्लाको रोशी गाउँपालिका ११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ७० प ४१८२ नम्बरको मोटरसाइकल आज बिहान साढे २ बजे डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चालक सिन्धुलीको मझुवा गाउँपालिका–५ का १९ वर्षीय मिलन मग्रातीको मृत्यु भएको हो ।

मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मृतकका २१ वर्षीय दाइ प्रेमबहादुर मग्राती घाइते भएका छन् ।

उनको अवस्था सामान्य रहेको र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular