आइसी डिजाइनर रनवे ११’ फेसन सोका लागि आवेदन खुल्ला

0
229

काठमाडौंः ‘आइसी डिजाइनर रनवे ११’ नामक फेसन सो आयोजना हुने भएको छ । विगतका वर्षझैँ यस वर्ष पनि आइसी कलेजले फेसन सो आयोजना गर्न लागेको हो ।

सोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ । नेक्स्ट मोडल्स नेपालले सोका लागि मोडलको आवेदनसमेत खुल्ला गरेको छ ।

कम्तीमा ५ फिट ६ इन्च उचाइ भएका महिला मोडलले आवेदन दिन सक्नेछन् । छनोट आगामी ११ जुन अर्थात् जेठ २८ गते शनिबार हुनेछ ।

फेसन सोमा ६ पुरुष र २४ महिला गरेर ३० मोडलले आइसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्‍याम्पमा प्रस्तुत गर्नेछन् । फेसन डिजाइनर नै आइसी कलेजका १९ औं ब्याजका पास आउट विद्यार्थी हुन् ।

विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन सो यस वर्ष विगतका भन्दा उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको म्यानेजमेन्टको जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।

आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले ‘आइसी डिजाइनर रनवे’ को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनु रहेको बताइन् ।

फेसन सोको लागि अन्तर्राष्ट्रिय कोरियोग्राफर अभिमन्यु सिंह तोमरसमेत नेपाल आउने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here