हाम्रो बारे

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

समाचार साइटहरूका संख्यात्मक फड्कोबीच समय सन्दर्भको पहिचान र सामर्थ्य यसले पस्किने सत्यसहितको तथ्य र तथ्यसहितको सत्यमा हुनेछ । हामी समर्थन र विरोधको भूमध्यरेखामा टेकेर लोकतन्त्र, सुशासन, समृद्धि, खुला अर्थतन्त्र, सामाजिक न्यायको मार्गमा यहाँहरू सँगसँगै यात्रा गर्नेछौँ ।

विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम अनलाइन पत्रकारितामार्फत् समय सन्दर्भ यहाँहरू समक्ष उपस्थित भएको छ । हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

हाम्रो अस्तित्व तबसम्म मात्र छ, जबसम्म यहाँहरू पाठक र दर्शक, लेखक र आलोचक, शुभेच्छुक र विज्ञापकका रूपमा हामीसित जोडिनुहुनेछ । तपाईहरु सवैको सदैव साथको अपेक्षा राखेका छौं । सवैको कल्याण होस् ।

ताजा समाचार