बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका बताएका छन् ।
सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्टमा अमेरिकी राष्ट्रपतिले ट्रम्पले भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरको लामो वार्ता पछि, म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्।’
उनले सामान्य ज्ञान र उत्कृष्ट बुद्धिमत्ता प्रयोग गरेकोमा दुवै देशलाई बधाई दिएका छन् । यसबारे भारत र पाकिस्तानले प्रतिक्रिया दिइसकेका छैनन्।