Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस

नेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस

भर्जिनिया (अमेरिका) ।नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले उत्तर अमेरिकाको भर्जिनियामा आफ्नो १८औं स्थापना दिवस मनाएको छ । सन् २००७ अप्रिल २१ र २२ मा भर्जिनियाको आर्लिङ्टनमा पहिलो अधिवेशन सम्पन्न गरेसँगै नेजाले अप्रिल २१ लाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । २०२५ अप्रिल २० शनिबार १८औं वर्ष पार गरेको अवसरमा भर्जिनियामा स्थापना दिवस मनाएको हो ।

सन् २००७ मा गिरीश पोखरेलको अध्यक्षतामा गठन भएको नेजाले १८औं वर्ष अवधिमा उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै नेपाल पत्रकार महासंघसँगको समन्वयमा पत्रकारिता पुरस्कार स्थापना, पत्रकारको लेखनवृति, क्षमता विकास र हकहितका लागि विभिन्न योजना कार्यान्वयनसँगै र सामाजिक कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

नेजा अध्यक्ष सुरज भण्डारीको अध्यक्षता एवम् नेपाली दूतावासको कार्यालय वासिङ्टन डीसी नियोग उपप्रमुख शरदराज आरनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे, नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, पूर्वअध्यक्ष भोला आचार्य, पूर्वकार्यबाहक अध्यक्ष कृष्ण शर्मा र मानार्थ सदस्य योगेश उपाध्यायले नेजाको भूमिका एवम् योगदानबारे चर्चा गर्नुभएको थियो । नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेलले अमेरिका रहेका नेपाली पत्रकारलाई संगठित गर्ने र भाइचाराको सम्बन्ध गाँस्ने उद्देश्यले नेजा स्थापनाको परिकल्पना गरिएको बताउनुभयो । उहाँहरुले नेजा स्थापनाताका भोगेका समस्या र अप्ठ्याराहरुको स्मरण गर्दै नेजाको स्थापनाकालमा सहयोग पुर्याउनेप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली दूतावासको कार्यालय वासिङ्टन डीसी नियोग उपप्रमुख शरदराज आरनले दूतावास अमेरिकामा रहेका नेपाली पत्रकारसँग हरपल समन्वय एवम् सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । उहाँले सूचना संप्रेषण र पत्रकारका लागि आवश्यक सूचना प्रवाहका लागि दूतावासले भूमिका निर्वाह गरिरहेको दाबीसमेत गर्नुभयो । ‘नेजा स्थापनाको शुभकामनासँगै आगामी दिनमा थप नयाँ कार्यक्रमका लागि यहाँहरुको भूमिका महत्त्वपूर्णसमेत रहने विश्वास व्यक्त गर्दछु ।’

कार्यक्रममा नेजाका अध्यक्ष सुरज भण्डारीले उत्तर अमेरिका रहेका नेपाली समुदायको हितमा पत्रकारितामार्फत सेवा पुर्याउने र उत्तर अमेरिका रहेका नेपाली पत्रकारको हितमा काम गर्दै आएको बताउनुभयो । आगामी दिनमा आफ्नो पेसाप्रति जिम्मेवार बनेर नेजा अघि बढ्नुपर्ने र सोहीअनुसार नेजा अगाडि बढेको पनि अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा एनआरएनए अमेरिका र नेजाबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । नेजा एनआरएनए पत्रकारिता सम्मान र नेजा एनआरएनए बहस आयोजनालगायत कार्यक्रम संयुक्त अघि बढाउने उद्देश्यका साथ समझदारी पत्र तयार पारिएको हो । समझदारी पत्रमा एनआरएनए र नेजाबीच हस्ताक्षर भएसँगै सम्झौता कार्यान्वयनको चरणमा अघि बढेको कार्यक्रम सञ्चालन गर्दै नेजाका महासचिव बाबुराम दाहालले जानकारी दिनुभयो ।

आफ्नो १८औं स्थापना दिवसको अवसरमा नेजाले अमेरिकाको नर्थ क्यारोलाइनास्थित नेपाली समुदायद्वारा सञ्चालित आरम्भ पुस्तकालयलाई पत्रकारहरुद्वारा लिखित १८ वटा पुस्तक सहयोगस्वरुप हस्तान्तण गरेको थियो ।

नेजाका संस्थापक तथा सीटी अफ इन्डियाना हेड उपमेयर किरण सिटौला, एसोसिएसन अफ नेप्लिज् इन अमेरिकाका अध्यक्ष डा. खगेन्द्र अधिकारी, युनाइटेड नेपाली पोलिटिकल एक्सन कमिटीका अध्यक्ष एड्रीन पोखरेल, एभरेस्ट फेडेरल क्रेडिट युनियनका प्रमुख कार्यकारी अधिकृत सुमन तिमल्सिना, एनआरएनए अमेरिकाका महिला संयोजक सुनिता खत्री, एनआरएनए भर्जिनिया च्याप्टरका अध्यक्ष विशाल कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेजाका उपाध्यक्ष सुजन पण्डितको स्वागत र डिसी मेट्रो क्षेत्रका क्षेत्रीय संयोजक सिर्जना काफ्लेको धन्यवाद मन्तव्य रहेको कार्यक्रममा एनआरएनए चाइनाका पूर्वअध्यक्ष प्रदीप न्यौपाने, एनआरएनए अमेरिका मिडिया कोर्डिनेटर सतीश चापागाईं, एर्टोनी निरन्जन अधिकारी, सिटी अफ हेमार्केटका पूर्वकाउन्सिल म्यान मधु पन्थी, समाजसेवी एवम् अग्रज पत्रकार जितमान बस्नेत, राष्ट्रिय लोकदोहारी प्रतिष्ठानका कोषाध्यक्ष अमृत अधिकारी, पत्रकारहरू सम्झना नेपाल, लीलादेवी ओझा, लेखनाथ भण्डारी, विष्णु शितल, ज्योति देवकोटा, सुदीप सिवाकोटी, विश्वराज थापा, बाबु खरेल, लगायत नेजाका अग्रज, सदस्य एवं समाजसेवीको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host