काभ्रे : काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) सम्बद्ध जेष्ठ कम्युनिष्ट मंच गठन एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमले पार्टीका आदरणीय जेष्ठ कम्युनिष्ट नेता तथा कार्यकर्ताहरूलाई सम्मान गर्दै पार्टी संगठनलाई थप सशक्त र एकताबद्ध बनाउने उद्देश्य लिएको छ ।
कार्यक्रमको आयोजना पार्टी कार्यालय ढुङ्खर्कमा गरिएको थियो । प्रमुख अतिथि नेकापा माओवादी केन्द्र का केन्द्रीय सदस्य , पुर्ब उर्जा राज्य मन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय कमरेड सुर्यमान दोङ (लालध्वोज) र बिशिस्ट अथिति केन्द्रीय सदस्य एवं जिल्ला काभ्रे पार्टीका ईन्चार्ज तथा पुर्ब संविधान सभा सदस्य कमरेड तेज बहादुर मिजार, पार्टी अध्यक्ष एवम् गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना पार्टी सचिव तथा अन्य केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी जेष्ठ कम्युनिष्ट नेताहरूले आफ्नो जीवनभरि गरेको योगदान र क्रान्तिकारी संघर्षको अनुभव बाँडे। उनीहरूले पार्टीको सैद्धान्तिक मार्गदर्शन, संगठन निर्माण र जनसम्बन्ध सुदृढीकरणमा खेलेको भूमिकालाई स्मरण गर्दै भावुक तथा प्रेरणादायी मन्तव्यहरू राखे ।
कार्यक्रमको प्रमुख उद्देश्य पार्टीमा जेष्ठ कम्युनिष्टहरूप्रति सम्मान प्रकट गर्दै उनीहरूको अनुभव र योगदानको कदर गर्नु रहेको थियो। साथै, उनीहरूको योगदानलाई भावी पुस्तामा हस्तान्तरण गर्ने पहलस्वरूप यो कार्यक्रमलाई विशेष रूपमा आयोजना गरिएको हो।
सम्मान कार्यक्रममा प्रमुख अतिथिले आफ्नो मन्तव्य राख्दै भने, “जेष्ठ कम्युनिष्टहरू हाम्रो पार्टीको अमूल्य सम्पत्ति हुन्। उनीहरूले देखाएको बाटो र गरेका संघर्षहरूले हामीलाई सधैं प्रेरणा दिनेछन्। उनीहरूको अनुभव र योगदानबिना पार्टीको सुदृढीकरण सम्भव छैन।” उनले पार्टीलाई अझ संगठित र सशक्त बनाउने दिशामा जेष्ठ नेताहरूको सल्लाह र सुझावलाई महत्व दिनुपर्ने कुरा पनि जोड दिए।
पार्टी अध्यक्ष एवम् गाउँपालिका उपाध्यक्ष रानाले भने “जेष्ठ कम्युनिष्टहरूको योगदानलाई सम्मान गर्नु भनेको हाम्रो पार्टीको सिद्धान्तप्रतिको निष्ठा र आदर्शप्रतिको सम्मान हो। हामीले उनीहरूको योगदानलाई सदैव सम्झनुपर्छ र उनीहरूको विचारलाई नयाँ पुस्तामा समाहित गर्नुपर्छ।”
कार्यक्रममा जेष्ठ कम्युनिष्टहरूलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरिएको थियो। सम्मानित जेष्ठ नागरिकहरमा रामेश्वर तिमल्सिना , लाल बहादुर तामाङ ,मधाब सिङ लामा , केदारनाथ तिमल्सिना , गोपी वि.क ,पदम बहादुर बि. क तथा यज्ञ बहादुर खत्री रहेको छ । उनीहरूको योगदान र संघर्षको कदर गर्दै कार्यक्रमले पार्टीका अन्य सदस्यहरूलाई पनि प्रेरणा प्रदान गर्यो।
यस अवसरमा, जेष्ठ कम्युनिष्टहरूले पनि आफ्ना विचारहरू राख्दै पार्टीलाई सुदृढ बनाउने र एकता कायम राख्ने दिशामा आ-आफ्ना सुझावहरू राखेका थिए। उनीहरूले युवा पुस्ताले संघर्षको इतिहासलाई बुझ्नुपर्ने र त्यसलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमले नेकपा (माओवादी केन्द्र) भित्र जेष्ठ कम्युनिष्टहरूको भूमिकालाई अझ स्पष्ट र महत्त्वपूर्ण बनाएको छ। यसले पार्टीमा एकता र सहकार्यको सन्देश पनि प्रकट गरेको छ।
समग्रमा, यो कार्यक्रमले पार्टीको आन्तरिक सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ भने जेष्ठ कम्युनिष्टहरूप्रतिको सम्मानको नयाँ अध्यायको थालनी पनि गरेको छ।