सिन्धुली : सिन्धुली जिल्लाको हरिहरपुर गाउँंपालिका वडा नम्बर १ कोक्टीमा रहेको श्री कालिका प्राथमिक विद्यालयको पक्की ४ कोठे भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । स्थानिय स्तरमा शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थीहरूको शिक्षामा सहज पहुँच पुर्याउने उद्देश्यले निर्माण हुन गइरहेको उक्त कार्यक्रम विद्यालय परिसरमा आयोजना गरिएको थियो जसमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बज्रध्व्ज वाईबाले विधिवत रूपमा संघिय सरकारबाट हस्तान्तरित र हरिहरपुरगढी गाउँपालिकाद्धारा निर्मित हरिहरपुरगढी गाउँपालिका वडा नं.१कोक्टीमा भवनको शिलान्यास गर्दै सामुदायिक शिक्षामा भौतिक पूर्वाधारको महत्वलाई जोड दिनुभयो । उहाँले शिक्षा मानव जीवनको आधारशिला भएकोले यसको स्तरोन्नति र प्रवर्द्धनमा सबैको सहकार्य आवश्यक रहेको कुरा उल्लेख गर्नुभयो।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाज्यूले निर्वाचनको समयमा गरेको प्रतिबद्धताहरु पूरा गर्दै गइरहेको बताउनुभयो । उहाँले त्यस ठाउँको जनताको समस्याको मध्येनजर गर्दै बाकी बिकास निमार्णको काम लाई छिट्टै पुरा गर्ने र विधुत विस्तारको काम तिब्र गतिमा भइरहेको हुँदा उद्घाटन पनि छिट्टै हुने बाताउनु भयो ।
उक्त शिलान्यास कार्यक्रममा हरिहरपुरगढी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष जित बहादुर थिङ, नि-वर्तमान वडा अध्यक्ष कार्साङ घलान, वडा सदस्य शुसिङ घिसिङ, चक्र बहादुर स्याङबा, न्यायीक सहजकर्ता लाेक बहादुर गाेले, सव-इन्जिनियर विश्व थापा मगर, वडा सचिव लक्ष्मण वाइबा, वि.व्य.स. अध्यक्ष डम्बर बहादुर याेन्जन, स्थानीय बुद्धिजीवी, कर्मचारीहरु लगायत उपस्थिती रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर बहादुर योन्जन्ले विद्यालयको वर्तमान अवस्थाबारे प्रकाश पार्दै नयाँ भवन निर्माणले पठनपाठनको वातावरणमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस निर्माण कार्यलाई सफल बनाउन सहयोग पुर्याउने सबै पक्षप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा उपस्थित अभिभावक तथा स्थानीय बासिन्दाले पनि आफ्ना विचार राख्दै विद्यालयको शैक्षिक गुणस्तरलाई थप सुधार गर्न यस भवन निर्माणले ठूलो योगदान पुर्याउनेमा विश्वास व्यक्त गरे। उनीहरूले यस प्रकारका विकासात्मक कार्यहरू निरन्तर भइरहनुपर्ने आवश्यकता औंल्याए।
उक्त भवन निर्माण कार्यका लागि आवश्यक बजेट सरकारी तथा स्थानिय स्रोतबाट जुटाइएको छ भने भवन निर्माणको जिम्मा अनुभवि निर्माण कम्पनी सिकाक हुस्से निर्माण कम्पनीलाई दिइएको छ । चार कोठे पक्की भवन निर्माण भएपछि विद्यालयका कक्षाकोठाहरू पर्याप्त र सुरक्षित हुने अपेक्षा गरिएको छ ।
यस अवसरमा विद्यार्थीहरूले पनि आफ्नो विद्यालयको विकासमा चासो व्यक्त गर्दै निर्माण कार्य छिटो सम्पन्न गर्न सबै पक्षसँग आग्रह गरे । शिक्षकहरूले भवन निर्माणपछि पठनपाठनको वातावरण थप सुधारिने बताउँदै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
अन्त्यमा कार्यक्रमका अध्यक्षले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभयो । समारोहले स्थानीय बासिन्दा तथा अभिभावकहरूमा आशा र उत्साहको संचार गरेको छ । नयाँ भवन निर्माण सम्पन्न भएपछि शिक्षामा थप गुणस्तरीय सुधार आउने विश्वास गरिएको छ ।