काभ्रे : काभ्रेमा अखिल (क्रान्तिकारी) ले KIIT – Kalinga Institute of Industrial Technology का विद्यार्थीमाथि गरिएको दमन, राष्ट्रिय स्वाभिमानमाथि प्रहार र विद्यार्थीहरूको शैक्षिक भविष्यको सुनिश्चितताका र न्यायको लागि अखिल (क्रान्तिकारी) काभ्रेले प्रकृति लम्सालको न्यायको माग गर्दै कडा विरोध प्रदर्शन गरेको छ । बुधबार बनेपा बजार क्षेत्रमा विद्यार्थी संगठनले विरोध र्याली निकालेका थिए ।
उनीहरूले सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले “प्रकृति लम्साललाई न्याय दे”, “दोषीलाई कडा कारबाही गर”, “नारी हिंसाविरुद्ध ऐक्यबद्धता” जस्ता नारा लगाएका थिए। उनीहरूले प्रशासनले घटनालाई हल्का रूपमा लिएको आरोप लगाउँदै छिटो अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरे।
प्रदर्शनको क्रममा अखिल (क्रान्तिकारी) का बागमती प्रदेश कमिटी उपाध्यक्ष छेत्र कुमार लामा (विवेक) भने, “हामी प्रकृतिको न्यायका लागि सडकमा उत्रिएका हौँ। दोषीलाई संरक्षण दिने जुनसुकै शक्ति भए पनि हामी विरोध जारी राख्छौं।” उनले थपे, “नारी हिंसा र अन्यायविरुद्ध हाम्रो संघर्ष निरन्तर रहनेछ।”
स्थानीय बासिन्दा र अन्य विद्यार्थी सङ्गठनहरूले पनि प्रदर्शनलाई समर्थन जनाएका थिए। उनीहरूले प्रशासनलाई दबाब दिन आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिए।
प्रदर्शनको कारण केहीबेर बनेपा बजार क्षेत्रमा यातायात प्रभावित भएको थियो। सुरक्षाकर्मीहरूले प्रदर्शनलाई नियन्त्रणमा राख्न सुरक्षा व्यवस्था कडा पारेका थिए।
प्रकृति लम्सालको घटनाले देशभर चर्चा पाएको छ। न्यायका लागि भइरहेको प्रदर्शनहरूमध्ये काभ्रेमा भएको यो विरोध प्रदर्शन सबभन्दा ठूला मध्ये एक मानिएको छ । आन्दोलनरत विद्यार्थीहरूले सरकार कानुनी प्रक्रिया अघि नबढाए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बिरोध प्रद्रशन कार्यक्रममा विशिस्ट अतिथि : काठमाडौ विश्व विद्यलय राष्ट्रिय केन्द्रिय कमिटि कसयोजक सन्तोष बुढाथोकी अखिल (क्रान्तिकारी) काभ्रे जिल्ला अध्यक्ष बिकास वाईबा, अतिथिहरुमाअसिफ अलि खान (केन्द्रिय सदस्य), सागर गौतम (काभ्रे जिल्ला उपाध्यक्ष ) लगाएतको उपस्तिथि रहेको थियो ।