काठमाडौं । म्हेन्दोमाया कलाकार संघ नेपालले तामाङ जातिको महान साँस्कृतिक पर्व २८६१ औं सोनाम ल्होछारकाे अवसरमा गाेलढुङ्गामा “ब्रुल-ल्हो विशेष सांस्कृतिक कार्यक्रम-२०८१“आयाेजना गर्ने भएको छ ।
कार्यक्रम नुवाकोट धादिङ रसुवा समाज कुवेतको सह आयोजनामा आगामी माघ १२ गते शनिबारका दिन गाेलढुङ्गा फुटबल ग्राउण्डमा गर्न लागिएको आयाेजकले जनाएको छ।
“भाषा, कला, संस्कृति, भेषभुषा, परम्परा र रितिरिवाजको संरक्षण गरौं, २८६१ औं सोनाम ल्होछारलाई भव्यताका साथ सफल पारौ” भन्ने मुल नाराका साथ आयोजना गर्न लागेकाे सांस्कृतिक कार्यक्रममा तामाङ जातिको मौलिक संस्कृति झल्काउने विभिन्न प्रस्तुतिहरू हुनेछन् । यसमा तामाङ भेषभूषा, मौलिक गीत-संगीत, नृत्य र परम्परागत रीतिहरूलाई उजागर गर्ने गतिविधिहरू रहनेछन्। साथै, शुभकामना आदान-प्रदान र सांस्कृतिक समूहहरूको विशेष प्रस्तुति कार्यक्रमका मुख्य आकर्षण हुनेछन्।
सम्पूर्ण काठमाडौं उपत्यकावासी तथा गोल्ढुङ्गा आसपासका तामाङ समुदायलाई यस कार्यक्रममा सहभागी भई तामाङ संस्कृति र परम्पराको संरक्षणमा योगदान गर्न आयाेजकले आग्रह गरेकाे छ ।