काठमाडौं : बोझेनि ३ मा भएको शान्तिपूर्ण विरोधमा संलग्न केही स्थानीयलाई पक्राउ गरिएको घटनाप्रति नेपाल तामाङ घेदुङले गम्भीर चिन्ता र खेद प्रकट गरेको छ । लोकतन्त्रमा नागरिकको शान्तिपूर्ण रूपमा आफ्नो अधिकार र मागहरू राख्ने अधिकारलाई मूलभूत मान्यता प्राप्त छ । यो अधिकार संविधानले प्रदान गरेको र अन्तर्राष्ट्रिय मानवअधिकार सिद्धान्तहरूले समेत पुष्टि गरेको छ ।
बोझेनिमा भइरहेको विरोधको मूल कारण स्थित मानव बस्तिमा सबस्टेसन निर्माण गरिरहेको विरोधमा बिहीबार शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका स्थानीयलाई प्रहरीले पक्राउ गरेपछि घेदुङले विरोध जनाएको हो । स्थानियहरूको अधिकार संरक्षण हो । आफ्नो भूमिसँग सम्बन्धित, प्राकृतिक स्रोतको उपयोग, र समुदायको अस्तित्व जोगाउन स्थानियहरू लामो समयदेखि सरकार र सम्बन्धित निकायहरूसँग संवाद गरिरहेका छन् । तर, जब संवादले समाधान दिन सकेन, उनीहरूले शान्तिपूर्ण विरोधमार्फत आफ्नो आवाज उठाएका थिए । यस्तो अवस्थामा, पक्राउजस्तो कठोर कदम अपनाउनु अत्यन्तै अन्यायपूर्ण मात्र नभई, संविधानप्रदत्त अधिकारको उल्लंघन पनि हो ।
यस घटनाले सम्पूर्ण समुदायलाई गहिरो प्रभाव पारेको छ । घेदुङ यो घटनाप्रति गम्भीर रूपले ध्यानाकर्षण गराउँदै पक्राउ परेकाहरूलाई तुरुन्तै रिहा गर्न माग राखेको छ । स्थानीय तहदेखि केन्द्रीय सरकारसम्म, शान्तिपूर्ण विरोधको महत्त्व र त्यसको संवैधानिक हैसियतलाई सम्मान गर्नुपर्ने घेदुङको धारणा छ ।
बिना शर्त रिहाइको माग गर्दै पक्राउ परेका सबै स्थानीयलाई कुनै शर्त नलगाई तत्काल रिहा गर्न समेत माग गरेको छ ।
शान्तिपूर्ण विरोधको सम्मान गर्न सरकार र सुरक्षा निकायहरूले नागरिकको शान्तिपूर्ण विरोध गर्ने अधिकारको सम्मान गर्दै, यसप्रकारका घटनाको पुनरावृत्ति रोक्न प्रतिबद्धता जनाउनुपर्नेमा जोड समेत दिनुपर्नेमा जोड दिएको छ ।
संवादको पहल सम्बन्धित निकायहरूले समस्याको दीर्घकालीन समाधानका लागि स्थानीय समुदायसँग संवाद प्रक्रिया सुरु गर्नुपर्ने र घेदुङले यस घटनालाई गम्भीरताका साथ लिँदै, समग्र नेपाली समाजमा नागरिक अधिकारप्रति सचेतना फैलाउन पनि आग्रह गरेको छ । नागरिकको अधिकार कुण्ठित हुने हो भने समाजको विकास, शान्ति, र न्यायका लागि राखिएका आधारहरू कमजोर हुन्छन् । शान्तिपूर्ण विरोध नागरिकको मौलिक अधिकार हो, जसलाई कुण्ठित गर्न नपाईने र बोझेनिका स्थानियहरूले शान्तिपूर्ण रूपमा आफ्नो आवाज वर्षाउ देखि आवाज उठाउदै आईरेको थिए, र उनीहरूलाई पक्राउ गर्नु भनेको न्यायको उपहास हो । घेदुङले पुनः सरकार र सम्बन्धित निकायहरूलाई आग्रह गर्दै गिरफ्तार भएका स्थानियलाई तत्काल रिहा गर्न र उनीहरूको मागलाई गम्भीरताका साथ सम्बोधन गर्नको लागी लागि ध्यानाकर्षण गराएको छ । यो कदमले मात्र समाजमा विश्वास र सहिष्णुताको वातावरण सिर्जना गर्न सहयोग पुर्याउनेछ ।